बारामा ५ वर्षीय नाबालिका बलात्कार, आरोपी पक्राउ


प्रकाशित मिति : असार ९, २०७९ बिहीबार

काठमाण्डौँ । पाँच वर्षीय नाबालिका बलात्कार गरेको आरोपमा बाराका एक किशोर पक्राउ परेका छन् ।  जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको बताएको छ ।

किशोरले ती बालिकालई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको सुचना अएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले आरोपी किशोरलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । नाबालिका बलात्कार घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

बलात्कारका घटना दिनप्रतिदनि बढ्दै गएपछि ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि अहिले संसद मा बहस चलिरहेको छ ।’

ऐन संशोधनका बिषयमा सांसद रेखा शर्माले भन्छन्, ‘बलात्कारको घटनामा मिलापत्र गराइनु आपत्तिजनक कुरा हो, मिलापत्र गराउनेलाई पनि सजायको दायरा बढाउनुपर्छ ।’ उनले बलात्कार पीडित नाबालिकाको हकमा १८ वर्ष पुगेपछि कम्तीमा पाँच वर्षसम्म उजुरी दिन सकिने व्यवस्था गर्नुपर्ने माग राखिन ।

यसैगरी सांसद पुष्पा भुसालले बलात्कारको घटनामा उजुरी लिन हदम्याद राख्न नहुने बताईन । हदम्याद राख्दा अपराधीहरू एउटा घटनाबाट उम्किनासाथ अर्को घटनामा संलग्न हुने उनको भनाइ छ । उनले कानुनी व्यवस्था कडा हुँदा पनि बलात्कारको घटना कम नभएको र अपराधी निरुत्साहित हुन नसकेको भन्दै हदम्याद हटाएमा घटना कम हुँदै जाने कुरा राख्दै आएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com