अफगानिस्तान अपडेट : भूकम्पमा परी मृत्यु हुनेको संख्या २८० पुग्यो


प्रकाशित मिति : असार ८, २०७९ बुधबार

 

अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या  २८० पुगेको छ भने  ५९५ जना घाइते भएको राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको पछिल्लो स्थानीय स्रोतलाई उद्धृत समाचार समितिले जानकारी दिएको छ । भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् ।

छिमेकी प्रान्त खोस्टमा कम्तिमा २५ जनाको ज्यान गएको छ भने ९५ जना घाइते भएका छन् ।

भूकम्प ६.१ म्याग्निच्युड भएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

भूकम्पको कारण यस क्षेत्रका दर्जनौं घरमा क्षति पु-याएको छ भने पक्टिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com