अफगानानिस्तानमा शक्तिशाली भूकम्प १३० जनाको मृत्यु


प्रकाशित मिति : असार ८, २०७९ बुधबार

अफगानिस्तानमा शक्तिशाली भूकम्प आएको छ  ।  दक्षिणी अफगानिस्तानमा  आएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १३० जनाको मृत्यु भएको देशको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

भूकम्पमा परी १५० भन्दा बढी घाइते भएका छन् । भूकम्प दक्षिण पूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको थियो ।

अफगानिस्तान, पाकिस्तान र भारतको ५०० किलोमिटरभन्दा बढी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार रोयटर्सले जनाएको छ ।

केन्द्रले अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादमा भूकम्पको धक्का महसुस गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com