रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा


प्रकाशित मिति : असार ७, २०७९ मंगलबार

{“caption”:”u0924u0938u094du092cu093fu0930 : u0907u0932u093fu091f u091cu094bu0936u0940″,”photographer”:””,”alt_text”:””}

सञ्चारकर्म छोडेर राजनीतिमा प्रवेश रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार (आज) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् । उनले भ्रातृ संगठन नबनाउने घोषणा समते गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिकबाट चन्दा संकलन नगर्ने,पार्टीमा परिवारवाद निषेध गर्ने र पार्टीमा क्षमता युवाहरूलाई तहसम्म पुग्ने अवसर सिर्जना गर्ने प्रतिवद्धता समेत जनाएका छन् । घोषणा कार्यक्रममा बोल्दै लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने पार्टीको अबधारण रहेको बताए ।

पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी रहेको बताए । आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले राम्रो काम नगरेमा उनीहरुलाई फिर्ता बोलाउने ‘राइट टु रिकल’ पार्टीले नीति लिएको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com