घरको पोखरीमा शव भेटिएपछि महिलाबाट कुटिए पूर्वजर्नेल


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

इटहरीमा महिलाबाट किन कुटिए पूर्वजर्नेल ? लोकान्तरमा बिराट अनुपमको रिपोर्ट ।

सोमबार इटहरीमा एक महिलाको विभत्स अवस्थाको शव सामाजिक संजालमा भाइरल भयो ।

इटहरी ४ स्थित कचना स्कुल छेउको अर्गानिक भिलेज रिसोर्टको पोखरीमा डुबेर मृत्यु भएको भनिएको सवलाई सबैभन्दा पहिले सामाजिक संजालमा हालेका थिए- नेविसंघ सुनसरी क्षेत्र नम्बर दुईका सभापति टंक दाहालले ।

पहिलो संविधानसभाका समानुपातिक सभासद तथा नेपाली सेनाका पूर्व जर्नेल कुमार फुदुङको घरको पोखरीमा भएको उक्त शव प्रकरणलाई धेरैले हत्या र केहिले आत्महत्या भनि टिकाटिप्पणी गरे ।

सोहि महिलाको शवको विषयलाई लिएर मंगलबार बिहान एघार बजेदेखि इलाका प्रहरी कार्यालय इटहरीमा दर्जनौँ महिलाहरुले प्रदर्शन गरे भने घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरे । प्रहरीले भने घटनबारे जाहेरी नआएको तर व्यक्तिको निजी पोखरीमा महिलाको शब भेटिएकोले छानबिन गर्ने प्रतिबद्धता जनायो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यता स्थानीय प्रहरी कार्यालयमा दलका प्रतिनिधि र विरोधकर्ताहरुले प्रहरीसँग वार्ता गरेकै समयमा कुमारको इटहरी चारमा रहेको घरमा अर्को महिलाको समुह प्रवेश परि उनीमाथि हातपात गरेका छन् ।

कुटपिटबाट फुदुङको अनुहार र शरिरका विभिन्न भागमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । पूर्व जर्नेल भएकै कारण उनीमाथि छानबिन नभएको महिलाहरुको आरोप छ । सोहि आक्रोशमा उनीहरु घरभित्र प्रवेश गरी कुटपीटमा उत्रिएको बताइएको छ । यस्तै उनीहरुले दिनभरि नै नारा, जुलुस र चक्काजामसमेत गरेका थिए |

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेश सुवेदीका अनुसार घाइते कुमारलाई धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी साँझ पाँच बजे पुर्याइएको छ ।

जर्नेल फुुदुङको निजी पोखरीमा मृत अवस्थामा भेटिएकि भनिएकी महिला गोर्खा जिल्ला निवासी सुजीता शाही ठकुरी भएको खुलेको छ । उनी रिसोर्टमा काम गर्ने पुर्व कर्मचारी समेत हुन् ।

डिएसपी नरेश सुवेदीले मृतकको पोस्टमार्टम रिपोर्ट र थप स्थलगत अध्ययन पछि सबै कुरा बाहिर आउँने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com