पाकिस्तानका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीभन्दा उनका श्रीमती धनी


प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ । निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको हो ।

पूर्वप्रधानमन्त्री इमरान खानसँग दुई लाख पाकिस्तानी रूपैयाँ पर्ने चारवटा बाख्रा छन् । अंशवण्डामा प्राप्त उनीसँग छ किसिमका सम्पत्ति छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष खानसँग न त गाडी छ न देश बाहिर सम्पत्ति नै । उनले कतै लगानी लगानी गरेका छैनन् ।

खानसँग विदेशी मुद्रा खातामा तीन लाख २९ हजार एकसय ९६ अमेरिकी डलर, पाँचसय १८ स्टर्लिङ् पाउन्ड र ६ करोड पाकिस्तानी रूपैयाँ छ । खानकी श्रीमती बुशरा बीबीको चार प्रकारका अचल सम्पत्तिसहित कुल सम्पत्ति १४ करोड २१ रूपैयाँको जायजेथा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री शहबाज शरीफकी जेठी जाया नुसरत शहबाजसँग पनि आफ्नो लोग्नेकोभन्दा धेरै सम्पत्ति छ । उनीसँग २३ करोड २९ लाखको सम्पत्तिसँगै लाहोर र हजारामा नौवटा कृषि सम्पत्ति र दुवै ठाउँमा एक–एक घर छन् । उनले विभिन्न क्षेत्रमा लगानी गरेकी दैनिक अखबार डनले छापेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com