म:मको डल्लो अड्कीएर दिल्लीमा एक जना पुरुषको मृत्यु


प्रकाशित मिति : असार १, २०७९ बुधबार

प्राय हामी विभिन्न किसिमका मःमका पारखी हुन्छौं । अझ भन्नुपर्दा भोक लागेको बेला तात्तातो मःम र पिरो अचारका अलवा स्वादिलो सस हाम्रो दिमागमा आइहाल्छ । अधिकांश हामीले बेलुकाको खाजाका साथै रातिको खानासमेत मःम नै खाने गरेका छौं ।

तर, मःमका पारखीहरुले मःम खाने बेलामा एक पटक ध्यान दिनु आवश्यक छ, किनभने मःम खाने क्रममा अड्कीएर कयौंको ज्यानसमेत गएको घटनाहरु सार्वजनिक भइरहेका छन् ।

केही दिन अगाडि मात्रै छिमेकी राष्ट्र भारतको दिल्लीमा मःम खाने क्रममा एक जना पुरुषको मृत्यु भएको छ । मेडिकल रिपोर्टका अनुसार मःम खाने क्रममा स्वास नलीमा मःमको डल्लो अड्कीएर ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो । मःमका कारण स्वास फेर्न नसकेपछि न्यूरोजेनिक कार्डिएक अरेस्ट आएको कारण उक्त पुरुषको मृत्यु भएको हो ।

यो घटनासँगै अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स०ले मःमका पारखीहरुलाई मध्यनजर गर्दै एक एडवाइजरी सार्वजनिक गरेको छ । उक्त एडवाइजरीमा राम्ररी चपाएर मात्र मःम खान उल्लेख गर्दै भनिएको छ, ‘मःम चिल्लो र चिप्लो हुन्छन् । यदि कसैले मःमलाई राम्ररी नचपाइकन निल्यो भने निसास्स हुनसक्छ । त्यसैले सँधै यो कुरामा विशेष ध्यान दिनुहोस् ।’

त्यसोत, मःम एसियाकै प्रसिद्ध स्ट्रीट फूड हो । यो विशेष गरी गोलो र लाम्चो आकारमा बनाइन्छ । विशेष गरी मःम नेपाल, तिब्बत र भारतमा निकै चर्चित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com