अमेरिकी राष्ट्रपति बाइडेन मध्यपूर्वको भ्रमणमा निस्कदै, यस्ता छन् भ्रमणका मुख्य बिषय


प्रकाशित मिति : जेष्ठ ३१, २०७९ मंगलबार

President Joe Biden attends a bill signing ceremony for a legislation to establish a commission to study the creation of a National Museum of Asian American History, in the East Room of the White House on June 13, 2022 in Washington, DC. (Photo by Nicholas Kamm / AFP)

राष्ट्रपति जो बाइडेनले आगामी महिना मध्यपूर्वको भ्रमण गर्ने भएका छन् । आउँदो जुलाई १३ देखि १६ सम्म उनले साउदी अरब, इजरायल र वेस्ट ब्याङ्कको भ्रमण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

इजरायलबाट शुरु हुने उनको भ्रमण साउदी अरबमा पुगेर टुङ्गिने जनाउँदै राष्ट्रपति कार्यालयलका एक अधिकारीले इजरायलमा राष्ट्रपति बाइडेनले त्यहाँका नेताहरूसँग इजरालको सुरक्षा, समृद्धि र बृहत्तर क्षेत्रमा बढ्दो एकीकरणका बारेमा छलफल गर्ने बताए ।

वेस्ट ब्याङ्कको भ्रमणका क्रममा उनले प्यालेष्टिनी प्राधिकरणका पदाधिकारीहरूसँग परामर्श गर्ने र उनीहरूलाई प्यालेष्टिनी जनताको सुरक्षा, स्वतन्त्रता र अवसरको समान उपायसहित ‘दुई राज्य समाधान’ का लागि अमेरिकाको दृढ समर्थन दोहो¥याउने ती अधिकारीले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वेस्ट ब्याङ्कको भ्रमण पूरा गरी अमेरिकी राष्ट्रपति साउदी नरेश सलमानको निम्ता मान्न साउदी अरबको जेद्दा पुग्नेछन् । त्यहाँ उनी ‘जिसिसी प्लस तीन’ले परिचित इजिप्ट, इराक र जोडर्नसमेत सम्मिलित गल्फ कोअपरेशन काउन्सिलको शिखर बैठकमा सहभागी हुनेछन् । साउदी अरब जिसिसीको वर्तमान अध्यक्ष देश हो । शिखर सम्मेलनमा यस क्षेत्रका नौ जना नेताले पनि भाग लिनेछन् ।

राष्ट्रपति कार्यालयका अनुसार इजरायल भ्रमणको मुख्य उद्देश्य उसको सुरक्षा र समृद्धिका निम्ति अमेरिकाको प्रतिबद्धतालाई सुदृढ तुल्याउनु हो भने जिसिसी शिखर सम्मेलनमा भाग लिएर बाइडेन प्रशासनले मध्यपूर्वमा अमेरिकी सुरक्षा, आर्थिक एवम् कूटनीतिक हितलाई अघिबढाउनु हो । राष्ट्रपति बाइडेनको यो भ्रमण कूटनीतिमार्फत मध्यपूर्वमा शान्ति एवम् स्थायित्व कायम गर्नु पनि हो ।

इजरायलमा रहँदा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नफ्ताली बेनेट र राष्ट्रपति इसाक हर्जोगलगायत अधिकारीलाई भेट्ने तथा बेथलेहेममा प्यालेष्टिनी राष्ट्रपति महमुद अबससँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com