भारतको विपक्षी दलका नेतालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सोधपुछ


प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार

भारतको प्रमुख विपक्षी काङ्ग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीलाई सोमबार सम्पत्ति शुद्धीकरणको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) को कार्यालयमा सोधपुछको लागि बोलाइएको छ । गान्धी ईडीको कार्यालयमा पुग्नु अघि विपक्षी नेताहरू पार्टी मुख्यालयमा भेला भए र उनको समर्थनमा विरोध शुरु गरेका थिए।

गान्धीसँगै उनकी बहिनी प्रियङ्का गान्धी वाड्रा, काङ्ग्रेस पार्टीका अन्य वरिष्ठ नेताहरू र दर्जनौं कार्यकर्ताले सरकारविरुद्ध नारा लगाएका थिए। सडकमा अराजक दृश्य देखिएको थियो । प्रदर्शनकारीहरूलाई पार्टी मुख्यालयको ब्यारिकेडहरूमा रोकिएको थियो र थुप्रैलाई हिरासतमा राखिएको थियो।

दिल्ली ट्राफिक प्रहरीले सोमबार राष्ट्रिय राजधानीका बासिन्दाहरूलाई प्रदर्शनको क्रममा केही सडकहरूबाट जोगिन आग्रह गर्दै सूचना जारी गरेको थियो ।

यस मामिलामा काङ्ग्रेस पार्टी प्रमुख सोनिया गान्धीलाई पनि छानबिन एजेन्सीले बोलाएको छ। कोभिड-१९ सङ्क्रमण देखिएपछि उनले थप समय मागेकी थिइन्। त्यसपछि एजेन्सीले उनलाई जुन २३ का लागि बोलाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com