‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’


प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार

प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले जुन सरकारको समयमा पनि अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धि हुने गरेकाले यस्तो विषयमा आएको सार्वजनिक महत्वको प्रस्तावमा सबै दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । गौतमले किसानले भोगेको समस्या बुझिदिन सरकारसँग आग्रहसमेत गर्नुभयो ।

यस्तै सदस्य गोमा देवकोटाले किसानले मल नपाएको, विद्यार्थीले पुस्तक नपाएकाले उनीहरुलाई मल बीउ तथा पुस्तक उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।

अर्का सदस्य पार्वतीकुमारी विशङ्खेले किसानलक्षित प्रस्ताव, संविधानमा नागरिकको खाद्य सुरक्षाको अधिकारको व्यवस्था गरिए पनि कृषकमैत्री कार्यक्रम सरकारले ल्याउन नसकेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्का सदस्य लक्ष्मीकुमारी चौधरी कृषि प्रधान देशमा किसानले मल, बीउ, बिजन प्राप्त गर्न नसक्नु उनीहरुको अपमान भएको बताउँदै सरकारले बाँझो जमिन राख्न नपाइने नियम बनाएको भए पनि खेती गर्न मलको अभाव हुनु द्वन्द्वात्मक विषय भएको बताउनुभयो ।

अर्का सदस्य मोहनकुमार पाण्डे भन्सार शुल्क शून्य बनाएर पनि जनताले आफै मल आयात गर्न दिनुपर्ने विचार व्यक्त गर्दै उनीहरुलाई मल उपलब्ध गराउन हरसम्भव उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा मल कारखाना स्थापना गर्न, मल आयात गर्न पूर्व कृषिमन्त्रीले किन नगरेको अहिले बताउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अर्का सदस्य तुलसी थापा यो वर्षको खेती गर्न आवश्यक मल भण्डारण गर्न गोदामसमेत नरहेको अवस्थामा सरकार संवेदनशील हुनुपर्ने बताउँदै आत्मनिर्भर बन्न के कसो गर्नुपर्छ त्यसको निमित्त सोच बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य प्रेम सुवाल मल आपूर्ति हुन नसकेको विषयमा गठबन्धनका शीर्ष नेतालाई जवाफ दिन लगाउनुपर्ने बताउँदै मल आयातमा अर्बौँ रुपैयाँ कमिसन प्राप्त हुने हुँदा मल कारखाना स्थापनाका लागि चार दशकदेखि कुरा उठे पनि अगाडि बढ्न नसकेको विचार व्यक्त गर्नुभयो ।

अन्य सदस्यहरु निरुदेवी पाल, नारदमुनि चौधरी र कलिना खातुनले मल अभावले अहिले आतङ्कित रहेकाले राजनीतिभन्दा माथि उठेर यसलाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com