सत्ता गठबन्धनभित्रबाटै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे जानकारी माग


प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राखेका हुन् । ‘वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे रिभ्यु गर्न पाए हुन्थ्यो ।

यसबारे हामीले क्लियर धारणा बनाउनुपर्छ,’ उनले भने ।कुनै पनि विदेशीको हस्तक्षेप स्वीकार्य नहुने भन्दै उनले नेपालको असंलग्न परराष्ट्र नीतिबारे ध्यान दिनुपर्ने पनि बताए ।

‘हामी असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने ढंगले कतै काम त हुन पुगेन त्यसबारेमा सजग र सतर्क हुन सक्यौं कि सकेनौं । यसको पनि हामीले समीक्षा गर्नुपर्ने आवश्यक छ,’ उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद र सिंगो देश जानकार हुनुपर्ने बताउँदै उनले भने, ‘के–के तयारी भैरहेको छ, सबै जानकारी हुनुपर्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com