पण्डित बन्दै बेसाहारा किशोरी


प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार

–नारायण अधिकारी,

पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । त्यहाँ रहेका पाँच किशोरी अहिले वैदिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन् ।

केही समयअघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलन्यास समारोहमा तिनै किशोरीले वैदिक कर्म गरेर शिलान्यासको शुभारम्भ गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । वैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद्भागवत ज्ञान महायज्ञ हो । यिनै किशोरीले देशका विभिन्न २० यस्ता यज्ञ गरिसकेका छन् । अन्य सबै खालका अनुष्ठान र कर्ममा यी किशोरीले काम गर्दै आएका छन् ।

आश्रममा पाँच वर्षदेखि १९ वर्षसम्मका किशोरी छन् । उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन् । लोककल्याण सेवा प्रतिष्ठानले भरतपुर महानगरपालिका–१ देवघाटमा आश्रम सञ्चालन गरेको छ । आश्रमका अध्यक्ष सावित्री टण्डनको भनाइमा त्यहाँ पाँच किशोरी महायज्ञसम्मका कर्म गर्न सक्षम भएका छन् । वैष्णवी, स्मृति, राधिका, तुलसा र सुनिता यी कर्म गर्न सक्ने भएका हुन् । उनीहरुको नामको पछाडि लोककल्याणकारी राखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेसाहारा बनेका किशोरीलाई आश्रममा ल्याएर शिक्षादीक्षासँगै हुर्काइएको हो । उनीहरुलाई दिनको समयमा नजिकै रहेको सीताराम संस्कृत माविमा पढाइदै आएको छ । एक जना छोरी वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक पढ्दै आएकी छिन् ।

अध्यक्ष टण्डनले दिनको समयमा विद्यालय र कलेज जाने किशोरीले साँझ बिहानको समयमा रामायण, महाभारत, राम गीता, श्रीमद्भागवत गीता, श्रीमद्भागवत पुराण, श्रीमद्देवी भागवतलगायतका धार्मिक ग्रन्थ अध्ययन गर्ने गर्दछन् । उनीहरु बिहान र साँझको समयमा भजनकीर्तन, योग पनि गर्ने गर्दछन् । यसका अतिरिक्त दैनिक नित्य कर्ममा पनि उनीहरु सहभागी हुन्छन् ।

अध्यक्ष टण्डनले छोरीहरु धार्मिक अनुष्ठानमा नेतृत्वदायी सहभागी हुने गरेको बताउनुभयो । उनीहरुले कर्म र अन्य अवस्थामा प्राप्त गरेका दान दक्षिणालाई सहकारीमा खाता खोलेर जम्मा गर्ने गरिएको छ । चितवन र छिमेकी जिल्लामा हुने कर्ममा किशोरी बोलाउने प्रचलन बढेको उहाँले बताउनुभयो । त्यसो देशैभरिका धार्मिक कार्यक्रममा उनीहरु पुग्ने गरेका छन् ।

केही समयअघि बेलायतबाट आएका नेपाली एक परिवारले यहाँ विवाह गराउने पण्डित किशोरी नै खोजेपछि यहाँबाट काठमाडौँको सोल्टी होटलमा गएर यिनै किशोरीले विवाह गराएका थिए । महिला पण्डितको खोजी गर्दै त्यो परिवारले दुई वर्ष कुरेको अध्यक्षटण्डनले जानकारी दिनुभयो । यस्ता विभिन्न कर्म गर्ने काममा किशोरी सक्रिय भएका छन् ।

विसं २०६७ मा आश्रम दर्ता भएको हो । सबै किशोरीको आमाको रुपमा रहनुभएकी अध्यक्ष टण्डनले सडक बालबालिकाबाट कुटाइ खाएपछि यो आश्रमको जन्मभएको हो । यतिबेला तराईका एक दम्पती पशुपतिमा पूजाका लागि जाँदै गर्दा सडक बालबालिकालाई पैसा दिन खोज्दा सबै पैसा लुटेर लगेका थिए । लुटिएको पैसा फिर्ता गराउने मध्यस्थता गराउनुभएकी अध्यक्षटण्डनलाई घर फर्किन लाग्दा तिनै सडक बालबालिकाले कुटपिट गरेका थिए ।

ती बालबालिकालाई सजाय दिनुभन्दा आश्रम खोलेर सही बाटोमा लैजानुपर्छ भनेर आफूले संस्था दर्ता गरी काम अघि बढाएको अध्यक्ष टण्डन बताउनुहुन्छ । तीन जना बेसाहारा किशोरीबाट काठमाडौँबाट सुरु गरिएको यो अभियान एक वर्षपछि देवघाट ल्याईयो । अहिले यहाँको सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहयोगमा आश्रम चलिरहेको छ ।

संस्थाका महासचिव रामेश्वरप्रसाद खनालका अनुसार आश्रम सञ्चालनका लागि भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति चितवनसहित विभिन्न दाताको सहयोगमा पक्की आवासीय भवन बन्दै छ । किशोरीका लागि दैनिक खाना खुवाउन २४८ ले आफ्ना विभिन्न कर्म पारेर दान गर्दै आएका छन् । उनीहरुको रकमबाट आधा खर्च धानिंदै आएको छ । केही रकम भरतपुर महानगरपालिकाले दिँदै आएको छ । मासिक रु दुई लाख हाराहारी खानालगायतको खर्च हुने गरेको छ ।

आश्रममा सामान्य भोजन गराउनका लागि दैनिक रु पाँच हजार १०० र विशेष भोजनका लागि रु आठ हजार ५०० दाताले उपलब्ध गराउँदै आएका छन् । आश्रममा आएपछि परिवारको पुनर्मिलन भएर ४३ जना किशोरी घर फर्किसकेका छन् । साँझ बिहान आश्रम पुग्ने जोकोही पनि ती किशोरी र तिनका कर्म देखेर प्रभावित हुने गरेको महासचिव खनाल बताउनुहुन्छ ।

जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाले साहाराविहीन भएको प्रमाणित गरेर पठाएका किशोरीलाई आश्रममा राखिँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com