‘अन्तरिक्षबाट अपतटीय मिथेन ग्याँस चुहावट देखिएको दावी’


प्रकाशित मिति : जेष्ठ २९, २०७९ आईतबार

वैज्ञानिकहरूले पहिलो पटक समुद्रबाट चुहिएको शक्तिशाली ग्रीनहाउस ग्यास मिथेनको पत्ता लगाउन स्याटेलाइट डाटाको प्रयोग भएको एक अध्ययनले देखाएको छ ।

उक्त अनुसन्धानको निष्कर्षमा तेल तथा ग्याँस उद्योगबाट पहिले अदृश्य मिथेनका लप्का पत्ता लागेको बताइएको छ ।

अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) का अनुसार सन् २०२० मा विश्वव्यापी रूपमा जीवावशेष इन्धनको परिचालनले लगभग एक करोड २० लाख टन वार्मिङ ग्याँस उत्सर्जन भएको थियो । यो मानव गतिविधिबाट हुने मिथेन उत्सर्जनको झन्डै एक तिहाइ भाग हो ।

वातावरण विज्ञान तथा प्रविधिसम्बन्धी ‘इन्भारन्मेन्ट साइन्स एण्ड टेक्नोलोजी लेटर्स’ पत्रिकामा सार्वजनिक हालै गरिएको नयाँ अध्ययनले मेक्सिकोको खाडीमा रहेको तेल तथा ग्याँस उत्पादन केन्द्रबाट आएको हरित गृह ग्यासको लप्का पत्ता लगाएको हो जहाँ डिसेम्बर महिनाको १७ दिनको अवधिमा करिब ४० हजार टन ग्याँस उत्पादन भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिणी मेक्सिकोको क्याम्पेचे नजिकै रहेको यो प्लेटफर्म देशकै सबैभन्दा ठूलो तेल उत्पादन गर्ने क्षेत्रहरूमध्ये एक हो ।

भ्यालेन्सिया पोलिटेक्निक विश्वविद्यालयका प्राध्यापक लुइस गुआनटरले यससम्बन्धमा सार्वजनिक एक भनाइमा उल्लेख गरिएको छ, “हाम्रो अध्ययनको निश्कर्षले भूउपग्रहहरूले समुद्रको आधारभूत संरचनाबाट मिथेन ग्यासका लप्का कसरी पत्ता लगाउन सक्छन् भन्ने कुरा देखाउँछ ।”

“यसले एउटा प्लेटफर्महरूबाट औद्योगिक उत्सर्जनको व्यवस्थित अनुगमन गर्ने ढोका खोल्छ ।”

गत केही वर्षमा जमिनमाथि मिथेन चुहावट पत्ता लाग्ने भूउपग्रह आधारित तरिकाहरू द्रुत गतिमा विकास भएका छन् । यसले नियामक निकाय तथा उद्योगबारे असहजता सिर्जना गर्ने जानकारी दिएको छ ।

समुद्रको तेल तथा ग्याँसको परिचालनबाट चुहावट हुने विश्वव्यापी उत्पादनको लगभग ३० प्रतिशत उत्सर्जनबारे समान प्रविधिको अभाव हुँदै आएको छ ।-एएफपी/फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com