राष्ट्रपति बाइडेनको भ्रमण अघि प्यालेस्टाइनी राष्ट्रपतिले वरिष्ठ अमेरिकी अधिकारी भेट्दै


प्रकाशित मिति : जेष्ठ २९, २०७९ आईतबार

President Joe Biden visits the New Mexico State Emergency Operations Center, Saturday, June 11, 2022, in Santa Fe, N.M. (AP Photo/Evan Vucci)

 

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनको अपेक्षित भ्रमण अघि वेस्ट बैंकको रामल्लाह शहरमा भ्रमणरत अमेरिकी वरिष्ठ कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा अब्बासले निकट पूर्वी मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफ र इजरायली र प्यालेस्टाइन मामिलाका लागि उपसहायक सचिव हेडी अमरलाई प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) लाई आतङ्कवादको सूचीबाट हटाउँन र अमेरिकी वाणिज्य दूतावास पुन: खोल्न आग्रह गरेको बताइएको छ।

अब्बासले पीएलओ पूर्ण शान्ति साझेदार हो र अमेरिकाले इजरायलसँग प्रायोजित शान्ति सम्झौताको एक शृङ्खलामा हस्ताक्षर गरेको बताएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले रिपोर्ट गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब्बासले अमेरिकी पक्षलाई वाशिङ्गटनमा पीएलओका बन्द कार्यालयहरू पुन: खोल्नका लागि काम गर्न आग्रह गर्दै पीएलओ “शान्ति प्रक्रिया र सबै एकपक्षीय कार्यहरू रोक्न प्रतिबद्ध छ।” भनेका छन् ।

वाफाका अनुसार, कूटनीतिज्ञ लीफले संयुक्त राज्य अमेरिका दुई-राज्य समाधानको लागि प्रतिबद्ध रहेको र उनको प्रतिनिधिमण्डलको मिशन “अब्बासलाई भेट्न चाहने राष्ट्रपति जो बाइडेनको भ्रमणको लागि तयारी गर्नु हो” भनेको उल्लेख गरिएको छ ।

अमेरिकी प्रशासन उपयुक्त वातावरण सृजना गर्न र प्यालेस्टिनीहरू र यस क्षेत्रका सबै मानिसहरूलाई आशा दिन उत्सुक रहेको भनी लीफले बताएको समाचार एजेन्सीले जनाएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com