हिन्दी, बाङ्ला र उर्दु भाषालाई राष्ट्रसङ्घको मान्यता


प्रकाशित मिति : जेष्ठ २८, २०७९ शनिबार

राष्ट्रसङ्घीय महासभाले हिन्दी, बाङ्ला र उर्दु भाषालाई उल्लेख गर्दै बहुभाषिकातासम्बन्धी प्रस्ताव पारित गरेको छ ।

शुक्रबार पारित उक्त प्रस्तावले राष्ट्रसङ्घका औपचारिक एवम् अनौपचारिक सञ्चार एवम् सन्देश ती भाषामा सम्प्रेषण गर्न बाटो खोलेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि टिएस त्रिमूर्तिले हिन्दीसहित बाङ्ला र उर्दुलाई प्राथमिकता दिएकामा उक्त विश्व संस्थाको सराहना गर्दै महासचिव एन्टोनियो गुटरेसप्रति आभार व्यक्त गरेका छन् ।

भारतले सन् २०१८ देखि राष्ट्रसङ्घीय विश्व सञ्चार विभागसँग साझेदारी गर्दे हिन्दीमा समाचार एवम् समाचार सामग्री तयार गर्न बजेटरी सहयोग गर्दै आएको छ । बहुभाषिकता विश्वसमुदायबीच सामञ्जस्यपूर्ण सञ्चार र बहुपक्षीय कूटनीति सञ्चालनका निम्ति अपरिहार्य मानिन्छ ।

अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रूसी र स्पानेली राष्ट्रसङ्घका औपचारिक सञ्चारका आधिकारिक भाषा हुन् । अङ्ग्रेजी र फ्रान्सेली राष्ट्रसङ्घीय सचिवालयका कामकाजका भाषा हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com