अब अमेरिका जाँदा कोरोना परीक्षण गराउनु नपर्ने,एयर लाइन्ससँग संमन्वय गरिँदै


प्रकाशित मिति : जेष्ठ २८, २०७९ शनिबार

संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ । वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एकदिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतबारदेखि हटाएको हो ।

रोग रोकथाम तथा नियन्त्रण निकायहरूले सङ्क्रमणको निरन्तर अनुगमन गर्ने जनाउँदै अन्तर्राष्ट्रिय यात्राका बेला पेश गर्नुपर्ने ‘कोभिड–१९ नेगेटिभ रिपोर्ट’ को अनिवार्य प्रावधानलाई आइतबार सखारैदेखि खारेज गरिएको बताएका हुन् । परिस्थिति परिवर्तन भएमा परीक्षणको आवश्यकता पुनः समीक्षा गरिने पनि उनीहरूले बताएका छन् ।

कोभिड–१९ विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको स्वास्थ्यमन्त्री जेभियर बेसेराले बताए ।   यद्यपि यात्रीहरूले कोभिडविरुद्धको खोप लगाउको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

विमान कम्पनी तथा पर्यटन उद्योगहरूले परीक्षणको प्रावधान हटाउन अमेरिकी प्रशासनलाई महिनौँदेखि दबाब दिइरहेका थिए भने यात्रीहरू पनि  अन्तर्राष्ट्रिय यात्रा गर्न निरुत्साहित भएका थिए । युएस ट्राभल एशोशिएशनका अध्यक्ष रोजर डाउले परीक्षणको प्रावधान हटाउनुलाई आन्तरिक एवम् अन्तर्राष्ट्रिय यात्राका निम्ति ठूलो कदम भएको प्रतिक्रिया दिएका छन्  ।तर भ्याक्सीन कार्ड अनिर्वाय देखाउनु पर्ने नीतिलाई कायम राखेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com