पूर्वमन्त्री मिथिलाको निधन


प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिनुभएको छ ।

मिथिला संविधानसभा सदस्यसमेत रहनुभएको थियो । नेकपा (संयुक्त)को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

मृतक चौधरीका श्रीमान, एक छोरा र दुई छोरी छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com