उपत्यकामा सरुवा रोगको त्रास, अस्पतालमा झाडापखालामा बिरामी बढे


प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार

मध्य बर्खा, त्यसमाथि फोहोर थुप्रिन थालेपछि उपत्यकामा सरुवा रोगको त्रास बढेको छ । मनसुनमा त्यसै पनि बिरामी बढ्ने भए पनि पछिल्लो दुई सातादेखि उपत्यकामा फोहोर थुप्रिन थालेपछि त्यसको असर अस्पतालमा देखिन थालेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय दैनिक १० जना बढी झाडापखालाका बिरामी पुग्न थालेका छन् । दुई सातादेखि उपत्यकामा फोहोर नउठेकाले पनि त्यसको असर पर्न थालेको चिकित्सकहरूको आशंका छ ।

अस्पतालमा सामान्यदेखि सिकिस्त बिरामीसम्म पुगेका छन् । मनसुन सुरु भइसकेको र अब फोहोर व्यवस्थापन भएन भने फोहोर पानीमा जीवाणु मिसिने र त्यसले हैजासमेत फैलनसक्ने जनस्वास्थ्यविद् डा। शेरबहादुर पुन बताउनुहुन्छ ।

अस्पताल पुग्ने बिरामीमा पेट दुख्ने, रुघाखोकी, ज्वरो, झाडापखाला र आउँ पर्ने समस्या रहेको छ । यी सबै दूषित पानी र खानेकुराका कारण हुने रोग हुन् । फोहोरबाट झाडापखाला, हैजा, जुका, पेटको समस्या, करेला र छालासम्बन्धी रोगका देखिने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा स्वस्थ्य खानेपानी र स्वस्थ्य जीवनशैली अपनाउन डा। पुनको सुझाव छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हप्तौंदेखि थुप्रिएको फोहरले दैनिक ज्यालादारी गरेर खाने वर्ग प्रताडित छ । आफ्नो घर र व्यापार गर्ने थलो अघिल्तिर फोहोरको डुंगुर थुप्रिँदा पैदलयात्री, व्यवसायी र स्थानीय त प्रभावित छन् । व्यवसाय र पैदलयात्रुको प्रभावित हुनुको अलावा ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य जोखिममा पर्दै गएको छ । उनीहरु आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् । फोहोरका कारण स्वास्थ्यमा असर परेको अनुभव उपत्यकाबासीले गर्न थालिसकेका छन् ।

स्थानीय जनप्रतिनिधि उठाउने सहज प्रबन्ध नभएसम्म फोहोर घरमै राख्न सल्लाह दिन्छन् । बाटोमा फोहोरको थुप्रो लाउँदा अरूको स्वास्थ्य प्रभावित हुने उहाँको तर्क छ । व्यवस्थापन गर्न जान्दा फोहोर मोहोर हो भने नजान्दा रोग हो । कारण जे सुकै भएर फोहोर नउठेपछि स्वास्थ्य बिग्रिँदा दुःख पाउने नागरिकले नै हो । महँगो उपचारमा आफूलाई धकेल्नुभन्दा स्वास्थ्य चेतनामा आफूलाई अब्बल राख्नु सर्वोत्तम उपाय हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com