पाँच वर्षमै फेरियो गाउँको मुहार : एउटा गाउँमा आठवटा सडक


प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार

–धु्रवसागर शर्मा /

पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौँ जानुपर्ने पश्चिम म्याग्दीको मालिका–२ रुम गाउँका बिरामीलाई अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाएका छन् ।

रुम बासीका दुःख र पीडामा पछिल्ला पाँच वर्षको अवधिमा मलहम लागेको छ । गाउँमा सडक पुगेको छ । यो पाँच वर्षको अवधिमा रुमका अधिकांश बस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार भएको छ । स्थानीय सरकार, प्रदेश र सङ्घ सरकारबाट बजेट भित्रिन थालेपछि गाउँको विकासको ढोका खुलेको छ । गाउँमा पुग्न दरबाङदेखि मुख्य सडकसँगै अभिारादेखि अरु सातवटा सडक खुलेका छन् ।

पाँच वर्ष पहिला गाउँमा सडक पुगेको थिएन । गाडी भेट्न पैदल हिँडेर दरबाङ बजार झर्नुपथ्र्यो । दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपथ्र्यो । बिरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौँसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँच वर्षअघि म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँका स्थानीयवासीका दुःख, पीडा भए पनि सङ्घीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम रुम गाउँको मुहार फेरिएको छ । घर आँगनबाटै रुमवासी मोटर चढेर पालिका केन्द्र दरबाङ र बेनीसम्म पुग्ने सुविधा पाएका छन् । घरघरमा खानेपानीको सुविधा पुग्यो ।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यो पाँच वर्षको अवधिमा रुमका सबै बस्तीमा सडक पुगेको पूर्व वडाध्यक्ष नरबहादुर पुनले बताउनुभयो । “पहिला गाउँमा विकास बजेट नै न्यून आउँथ्यो”, उहाँले भन्नुभयो, “स्थानीय सरकार बनेपछि गाउँको विकासका लागि करोडौँ रकम भित्रिन थाल्यो । गाउँपालिकाका साथै सङ्घ र प्रदेशबाट सडक, शिक्षा र स्वास्थ्यलगायतका पूर्वाधारका क्षेत्रमा राम्रो बजेट आएपछि गाउँमा परिवर्तन आयो ।”

पाँच वर्षमा अधिभरादेखि रुम गाउँ आउने मुख्य सडकका साथै आठवटा अन्य सडक निर्माण भएको उहाँले बताउनुभयो । गाउँका सबै बस्तीमा सडक पहुँच विस्तार भएको छ । पूर्व वडाध्यक्ष पुनले भन्नुभयो, “ कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ ।” सडक स्तरोन्नति र सडक पुलको व्यवस्था मिलाउन सके रुम गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।

विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा पनि पाँच वर्षमा राम्रो विकास भएको उहाँले बताउनुभयो । विद्यालयमा भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएका छन् । विभिन्न स्थानमा गरेर पाँचवटा झोलुङ्गे पुल निर्माण भएका छन् । जसले स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ ।

सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि रुम गाउँमा विकास भित्रिन थालेको स्थानीय युवा तारा रोकाले बताउनुभयो । गाउँमा सडक पुगेपछि दैनिक उपभोग्य वस्तु ढुवानी मूल्य आधाले घटेकाले सुलभ दरमा गाउँमै दैनिक उपभोग्य वस्तु पाउन थालेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com