पाकिस्तानलाई ट्रम्प र मोदीको संयुक्त चेतावनी


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

असार १३, २०७४

  • आतंकवादी समूहलाई भूमि प्रयोग गर्न नदिन दुवै नेताको सुझाव
  • मोदीले दिएकाे भारत भ्रमण निम्तो ट्रम्पद्वारा स्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त विज्ञप्ती जारी गर्दै आतंकवादीलाई आफ्नो भूमि प्रयोग गर्न नदिन पाकिस्तानलाई सुझाव दिएका छन् ।

वासिङ्टन डिसीमा दुई नेताले भेटवार्ता गरेलगत्तै ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा पाकिस्तानलाई दिइएको यो सुझाव उल्लेख छ ।

पछिल्ला समय दिल्लीमा भएका केही आक्रमण पाकिस्तानमा रहेका समूहले गराएको भारतीय दाबीका बीच दुई नेताको यस्तो प्रतिक्रिया आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई नेताले दुई देशबीचको व्यापार बृद्धि गर्ने बिषयमा पनि छलफल गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्प आपसमा भेट भएको यो पहिलो पटक हो । भारतीय प्रधानमन्त्री हाल अमेरिका भ्रमणमा छन् ।

काश्मिरी विद्रोही सायद सलाहुद्दिनलाई आतंकवादी सूचीमा राख्न अमेरिकाले गरेको सहयोगको भारतले प्रसंशा गरेको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संयुक्त विज्ञप्तीमा दुवै नेताले पाकिस्तानलाई ‘अर्को देशमा आक्रमण गर्न आतंकवादी संगठनलाई आफ्नो भूमि प्रयोग गर्न नदिन सुझाव दिएको’ उल्लेख छ ।

विज्ञप्तीमा दुवै नेताले पाकिस्तानलाई आधार बनाएर आक्रमण गर्ने गरेको आरोप लागेका आतंकवादी समूह जैस–ई–मोहम्मद र लक्सर ई ताइबाको चुनौतिविरुद्ध संयुक्त पहल चाल्ने सहमति भएको बताइएको छ ।

दुवै नेताले पाकिस्तानलाई सन् २००८ को मुम्बई आक्रमण र गत वर्ष पठानकोटमा भएको आक्रमणमा संलग्न भनिएको समूहलाई कानुनी कठघरामा ल्याउन पाकिस्तानसँग माग गरेका छन् । भारतले उक्त दुवै आक्रमण पाकिस्तानलाई आधार बनाएका दुई आतंकवादी समूहले गरेको दाबी गर्दै आएको छ ।

रोयटर्सले जनाएअनुसार भारतीय प्रधानमन्त्री मोदीले दिएको भारत भ्रमणको निम्तो अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गरेका छन् । ट्रम्प अमेरिकी राष्ट्रपति हुनुअघि भारत भ्रमणमा आएका थिए । भारतीय प्रधानमन्त्री बनेपछि मोदीको यो पाँचौं अमेरिका भ्रमण हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com