जनगायक जीवन शर्मा पुरस्कृत


प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार

hgufos zdf{ k’/:s[t afun’ª, @& h]7 M hgufos hLjg zdf{ u[xlhNnf afun’ªdf :yflkt …snfsf/ afa’/fd–;/:jtL ah|frfo{ :d[lt k’/:sf/Úaf6 z’qmaf/ ;Ddflgt x’Fb} . :d[lt sf]ifn] ? @) xhf/ /flzsf] k’/:sf/ zdf{nfO{ k|bfg u/]sf] xf] . tl:a/ M /fdaxfb’/ yfkf÷/f;;

जनगायक जीवन शर्मा ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई रु. २० हजार राशिसहित दोसल्ला र प्रमाणपत्र आज प्रदान गर्नुभयो ।

सङ्गीत साधनाका माध्यमबाट श्रमजीवी जनता तथा न्याय र समानताका पक्षमा आवाज उठाएबापत शर्मालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । पुरस्कार ग्रहणपछि बोल्दै शर्माले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो ।

“पुरस्कारले प्रेरणा र उर्जा थपेको छ”, उहाँले भन्नुभयो, “कुनै बेला हामीले गीत गाउँदा हत्कडी लगाइन्थ्यो, अहिले गलामा फूलको माला छ ।” सोही समारोहमा शर्माले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँ बसी…’ सुनाउनुभएको थियो ।

बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मनुभएका ६२ वर्षीय शर्मा लामो समयदेखि जनपक्षीय सङ्गीत सिर्जना र गायनमा सक्रिय हुनुहुन्छ । रक्तिम सांस्कृतिक अभियानका संस्थापकसमेत रहनुभएका शर्माका ‘सिमली छायाँमा बसी’, ‘झरनाको चिसो पानी’, ‘छेकेर छेकिन्न’ लगायतका गीत चर्चित छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्मृति कोषले भदौरे नाचको संरक्षण र उत्थानमा योगदान पु¥याएको भन्दै ज्ञानोदय बुद्ध बिहार बागलुङलाई पनि पुरस्कृत गरेको छ ।  २० हजार राशिको उक्त पुरस्कार बिहारका अध्यक्ष लिलाम्बर बज्राचार्यलाई प्रदान गरिएको थियो ।

कलाकार बाबुराम बज्राचार्य र उहाँकी धर्मपत्नी सरस्वती बज्रचार्यको स्मृतिमा उहाँका परिवारजनले विसं २०६६ मा स्मृति कोष खडा गरेका थिए । कोषबाट यसअघि मूर्तिकार ओम खत्री, कलाकार विक्रम श्रेष्ठ, लक्ष्मण शाक्यलगायत पुरस्कृत भइसक्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com