मुग्लिन–आँबुखैरेनी सडकमा चार दिन ठूला सवारी नचल्ने
प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार
klx/fdf cnkq ofq’ bdf}nL, @& h]7 M k[YjL /fhdfu{ cGtu{t tgx’Fsf] cfFa’v}/]gL ufpFkflnsf$ ljB’t u[x glhs ;8s efl;P/ /fhdfu{ ca?4 ePkl5 z’qmaf/ lbpF;f] cnkq ;j{;fwf/0f . tl:a/ M s[i0f Gof}kfg]÷/f;;
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी चल्न थालेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर विहान ११ बजेदेखि साना सवारी पास हुने व्यवस्था गरेको हो ।तर, यो सडक खण्डमा ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने भएको छ ।
विभागका महानिर्देशक अजुर्नजंग थापाका अनुसार सडक भासिएको ठाउँमा ठाडो भीर छ । जहाँ कडा चट्टान भएकाले भित्ततर्फको भाग काटेर सडक बनाउनुपर्ने अवस्था छ ।
‘हामीसग यस्तो अवस्थामा छिटो काम गर्ने प्रविधि छैन, अब ठूला बस ट्रक पास हुन करिब ३ देखि ४ सदिन लाग्छ,’ उनी भन्छन्, ‘भित्तातर्फको भाग काटेर बाटो दुईतर्फी चलाउँछौं ।’ उनका अनुसार केही सो सडक भएर ठूला यात्रुबाहक र मालबहाक सवारी आवातजावत गर्न पाउने छैनन् ।
सो स्थानमा गएको पहिरामा पुरिएका २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको थियो ।पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो ।






