सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो


प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार

x]lnsK6/af6 la/fdL n}hfFb} bdf}nL, @& h]7 M tgx’Fsf] bdf}nLaf6 x]lnsK6/df uf]/vfsf] af/kfssf %@ jifL{o afn;Dz]/ u’?ªnfO{ pkrf/sf nflu sf7df8f}F n}hfFb} . k[YjL /fhdfu{cGtu{t tgx’Fsf] cfFa’v}/]gL ufpFkflnsf–$ ;fFv/l:yt kfj/ xfp; glhs jiff{sf sf/0f z’qmaf/ laxfg ;8s efl;Pkl5 x]lnsK6/af6 nluPsf] xf] . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको छ । उक्त रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट आज काठमाडौँ लगिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ । सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकोप्टर मगाएर काठमाडाँै लगिएको परिवारले जनाएका छन् ।

भित्ता काट्न सुरु

पृथ्वीराजमार्ग भासिएर यातायात अवरुद्ध भएपछि भित्ता काट्न सुरु गरिएको छ । यातायात सुचारु गराउनका लागि सडक छेउको भित्ता काट्न सुरु गरिएको हो । निरन्तर वर्षाका कारण आज बिहान राजमार्ग भासिएपछि दुईतर्फी सडक अवरुद्ध भएको छ । भित्ता काटेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । “डेढ मिटरसम्म भित्ता काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ भन्ने छ”, उहाँले भन्नुभयो, “बेलुकासम्म काम सकेर यातायात सञ्चालन हुन्छ ।”

सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सडक भासिएको ठाउँमा एउटा कार समेत पुरिएको छ । कार पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

मानवीय क्षति अन्य पनि हुनसक्ने भएकाले खोजीकार्य भइरहेको छ । उक्त ठाउँबाट मोटरसाइकल खसे पनि चालक भने सकुसल भेटिएका थिए । सडक भासिएपछि पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ । यहाँ वैकल्पिक मार्ग नभएकाले यात्रुहरू मर्कामा परेका छन् ।

आँबुखैरेनी गाउँपालिकाका इञ्जीनियरहरू घटनास्थल पुगेका छन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक भासिएको ठाउँमा बेलिब्रिज राख्ने वा भित्ता फालेर सडक फराकिलो पार्ने भनेर अध्ययनपछि टुङ्गो लाग्ने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालले सडक भासिएको ठाउँमा अवलोकनका लागि प्राविधिक टोली पठाइएको जानकारी दिनुभयो । प्राविधिकको सुझावअनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com