भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि, ७ हजार २४० नयाँ सङ्क्रमित


प्रकाशित मिति : जेष्ठ २६, २०७९ बिहीबार

भारतमा बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार २४० कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमण ४१ प्रतिशतले बृद्धि भएको थियो । गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना सङ्क्रमण बृद्धि दर बढ्को पाइएको छ । बुधबार साँझसम्म महाराष्ट्रमा दैनिक सङ्क्रमण दुई हजार ७०१ जनामा देखिएको थियो ।

हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०८ प्रतिशत भएको जनाइएको छ ।

बुधबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ३९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४० हजार ३०१ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३८ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ५९ लाख ८१ हजार ६९१ हजार खोप लगाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com