ललितपुरको गुरुकूलमा दलित भएकै कारण भर्ना नपाएका चार छात्रको पठनपाठनको जिम्मेवारी मटिहानीको गुरुकूलले लियो


प्रकाशित मिति : जेष्ठ २६, २०७९ बिहीबार

ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा दलित समुदायका भएकै कारण भर्ना नपाएका चार छात्रले अब ललितपुरको गुरुकूलमा दलित भएकै कारण भर्ना नपाएका चार छात्रकोको मटिहानीस्थित गुरुकूलमा पढ्न पाउने भएका छन् । दलित भएकै कारण भर्ना नपाएको भन्ने समाचार आएपछि मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले बर्दियाको बारबर्दिया–६ का चार दलित परिवारका छात्रको पठनपाठनको जिम्मेवारी लिने भएको हो ।

ललितपुुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा भर्ना नपाएका १० वर्षीय समीर सुनार, १२ वर्र्षीय विराज सुनार, नौ वर्षीय भुवेश्वर सुनार र १० वर्षीय भीमबहादुर सुनारले अब मटिहानी गुरुकूलमा भर्ना पाउने भएका हुन् ।

“बर्दियाका चार छात्रको ललितपुर गुरुकूलमा भर्ना हुन नसकेको सञ्चारमाध्यममा देखियो”, मटिहानीस्थित गुरुकूल राजकीय संस्कृत माविका प्राचार्य ईश्वरीप्रसाद पौडेलले भन्नुभयो, “हामी ती चारै छात्रको बसोबास, खानपान र पठनपाठनको जिम्मा लिन्छौँ ।” दलित छात्र र उनीहरुका अभिभावकको पढ्ने÷पढाउने रहरको सम्मान गर्दै चारै छात्रको स्वागतका लागि आफ्नो गुरुकूल पर्खिरहेको पौडेलको भनाइ छ ।

आजभन्दा ३०४ वर्र्ष पहिले स्थापित मुलुककै जेठो गुरुकूल मानिने मटिहानीमा बालगुरु षडाननले पनि शिक्षा लिनुभएको थियो । गुरुकूलमा अहिले हिन्दू धर्म परम्पराका दलितमात्र नभएर इस्लाम धर्मावलम्बी छात्र पनि पढ्दैछन् । “कोही जन्मले सुद्र वा ब्राह्मण हुँदैनन्, सबै कर्मले उच्च हुन सक्छन्, त्यसैेले हाम्रो गुरुकूलमा सबै जातजाति र समुदायले उत्तिकै सम्मानसाथ प्रवेश पाउँछन्”, पौडेलले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा सिट सङ््ख्या पूरा भएको भन्दै भर्ना लिन नसक्ने जनाए पनि सो गुरुकूललमा हाल ३३ मात्र छात्र रहेको बताइएको छ । सो गुरुकूलको वेबसाइटमा सिट सङ्ख्या ५० रहेको पाइन्छ । भर्नाका लागि केश मुुण्डन र व्रतबन्ध गरी सकेपछि जातथर सोध्दा आफूले नढाँटी बताएपछि गुरुकूलका प्राचार्यले घर जान भनेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com