न्युयोर्क सिटीमा संचालित छन् ११०३ सार्वजनिक शौचालय, कसरी पत्ता लगाउने ?


प्रकाशित मिति : माघ ३, २०८० बुधबार

a view of a city at night from across the water

न्युयोर्क सिटीमा सार्वजनिक शौचालयहरु अपुग रहेको र मध्यरातपछि शौचालय जानमा समस्या रहेको गुनासाहरु नयाँ होइनन् । अधिकांश शौचालयहरु व्यवस्थापन वा सुरक्षाका कारण देखाउँदै साँझ वा मध्यरातपछि बन्द हुने भएकाले रातीको समयमा शौचालय प्रयोग गर्नमा समस्या रहेको छ । तर कतिपय व्यक्तिले सार्वजनिक शौचालयहरु कहाँकहाँ छन्, कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारीका अभावमा दिउसै समेत समस्या भोग्ने गरेका छन् ।

न्युयोर्क सिटीमा ११०३ सार्वजनिक शौचालयहरु प्रयोगमा रहेका छन् । यी शौचालयमा फोहोरको समस्या, लामो लाइन, बेलाबेलामा बन्द हुने समस्या भने नयाँ होइन । साढे ८ मिलियन जनसंख्या भएको र हरेक बर्ष ६३ मिलियनभन्दा धेरै पर्यटकहरु आउने न्युयोर्क सिटीमा भएका शौचालयहरु प्रयाप्त छैनन् भने २४ घण्टा खल्ने शौचालयहरु जम्मा २ वटामात्र हुँदा समस्या रहेको छ ।

न्युयोर्क सिटीमा १७ सयभन्दा धेरै पार्कहरु रहेका छन्, तीमध्ये ६६२ वटामा सार्वजनिक शौचालयहरु रहेका छन् । कम्फर्ट स्टेशन भनिने यी शौचालयहरु दिनभर खुल्ला हुन्छन् भने बेलुका बन्द हुन्छन् । सेन्ट्रल पार्कमामात्र १६ वटा सार्वजनिक शौचालयहरु रहेका छन् । यद्यपी पार्कमा रहेका २५ प्रतिशत शौचालयहरु भने प्रयोग गर्नका लागि टुटेफुटेका र फोहोर छन् ।

न्युयोर्क सिटीका बोरोहरुले चलाएका सार्वजनिक शौचालयहरुको सुची यहाँ हेर्नुहोला । तपाईले जिपकोडका आधारमा नजिकको शौचालय फेला पार्न सक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै ४७२ ट्रेन स्टेशनहरुमध्ये ७८ वटामा सार्वजनिक शौचालयहरु रहेका छन् । यी शौचालयहरु दिउसोमात्र खुल्ने गर्छन् । प्राय शौचालयहरु विहान ५ बजेदेखि मध्यरातीसम्ममात्र खुल्ला हुने गर्छन् । ट्रेन स्टेशनमा रहेका शौचालयहरुमध्ये ३४ स्ट्रीट हडशन यार्ड, फुल्टन स्ट्रीट, अपर इस्ट साइडमा सेकेण्ड एभिन्युका स्टेशनहरु तुलनात्मक रुपमा सफा रहेका छन् । टाइम्स स्क्वायरको ४२ स्ट्रीटमा ट्रेन स्टेशनमा रहेको शौचालय १९९२ मा निर्माण गरिएको हो ।

yellow and black tissue roll

त्यस्तै ब्रोक्स, म्यानहटन, क्वीन्स र ब्रुकलिनमा ५ वटा अटोमेटिक सार्वजनिक शौचालय रहेका छन् । आफै सफा हुने यी शौचालयहरुमा सबैको पहुच रहेको छ । त्यस्तै न्युयोर्क सिटीका १४ वटा निजीरुपमा संचालित सार्वजनिक स्थलमा शौचालयहरु रहेका छन् । खासगरी म्यानहटनमा सार्वजनिक शौचालय प्रयोग गर्न चाहनेहरुका यी स्थानहरु उपयोगी रहेका छन् ।

त्यस्तै न्युयोर्क सिटीमा ८८ आउटडोर र १४ इन्डोर सार्वजनिक पौडी पोखरीहरु रहेका छन् । यी सबैमा सार्वजनिक शौचालयहरु रहेका छन् । यी शौचालयहरु हरेक दिन सफा गरिने र मर्मत गरिने गरिदै आएकाले सफा समेत रहेका छन् । न्युयोर्क सिटीमा रहेका ५ वटा ड्रमइन सेन्टरमा सार्वजनिक शौचालय रहेका छन् भने २ वटा चौबीसै घण्टा खुल्ला रहन्छन् । यी ड्रपइन सेन्टर होमलेसहरुलाई खाना, बाथरुम लगायतका सुविधा उपलब्ध गराउन खोलिएका हुन् ।

सार्वजनिक शौचालयहरु सहित बुक स्टोर, कफी शप, होटल, फास्ट फुड र अन्य क्षेत्रमा रहेका निर्वाध प्रयोग गर्न सकिने शौचालयको सुची हेर्न यहाँ क्लीक गर्नुहोला । जिपकोड हालेर वा आफ्नो लोकेशन अन गरेर नजिकको शौचालय फेला पार्न सक्नुहुनेछ ।

न्युयोर्क सिटीमा ३ वटा सार्वजनिक शौचालयहरु विजनेश इम्प्रुभमेन्ट डिस्ट्रिक्टबाट व्यवस्थापन गरिएका छन् । ब्रायण्ट पार्क, हेराल्ड स्क्वायर र ग्रिली स्क्वायर पार्कमा ती शौचालयहरु रहेका छन् । मेसिज मल अगाडि हेराल्ड स्क्वायरमा रहेको शौचालय निकै सफा र राम्रो रहेको छ । यद्यपी मेसिज मलको हरेक तलामा रहेको शौचालय प्रयोग गर्नमा कुनै समस्या छैन । तर त्यहाँ जान नचाहनेहरुले यो शौचालय प्रयोग गर्न सक्छन् ।

यी बाहेकका न्युयोर्कका लाइब्रेरीहरुमा पनि सार्वजनिक शौचालयहरु रहेका छन् । क्वीन्स लाइब्रेरीहरु र म्यानहटनमा रहेको न्युयोर्क पब्लिक लाइब्रेरीको मुख्य शाखामा रहेका ट्वाइलेहरु निर्वाध प्रयोग गर्न सकिन्छ । न्युयोर्क पब्लिक लाइब्रेरी विहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहन्छ भने अन्य लाइब्रेरीहरु पनि दिउसोमा खुल्ला नै रहन्छन् ।

त्यस्तै न्युयोर्कको ग्राण्ड सेन्ट्रल स्टेशनमा रहेको शौचालय पनि निकै चर्चित छ । शौचालहरु सबैभन्दा तल्लो तलामा रहेका छन् भने अत्यन्तै सफा समेत रहेका छन् । त्यस्तै टाइम्स स्क्वायर क्षेत्रमा रहेको किम्पटन होटल र हेराल्ड स्क्वायर क्षेत्रमा रहेको स्टानफोर्ड होटलमा रहेको शौचालय प्रयोग गर्नमा पनि कुनै समस्या छैन । बु्रकलिन ब्रिज क्षेत्रमा बु्रकलिन रोष्टिंग कम्पनी र बु्रकलिन ब्रिज पार्क वातावरण तथा शैक्षिक भवनमा रहेको शौचालय पनि सहजै प्रयोग गर्न सकिन्छ ।

स्टारबक्स लगायतका क्याफेहरुमा पनि शौचालय प्रयोग गर्न सकिन्छ । स्टारबक्सले ग्राहकलाईमात्र नभई सबैका लागि शौचालय प्रयोग गर्न दिने नीति ल्याएकाले यी शौचालय प्रयोग गर्नमा कुनै समस्या छैन । न्युयोर्क सिटीका हरेक क्षेत्रमा स्टारबक्स क्याफे रहेकाले त्यहाँ गएर शौचालय प्रयोग गर्न सकिन्छ । होल फुडहरु, चेल्सी मार्केट, बेड बाथ एण्ड बियोण्डमा पनि शौचालय प्रयोग गर्न सकिन्छ । सपिङ्ग मलहरुमा पनि सफा शौचालयहरु हुने भएकाले त्यहाँ गएर शौचालयहरु प्रयोग गर्न सकिन्छ ।

म्याकडोनाल्ड, टाको बेल, चिपोट्लेदेखि ब्रान्स एण्ड नोबल बुक स्टोरहरुमा समेत शौचालय प्रयोग गर्न सकिन्छ । एप्पल स्टोरहरुमा पनि शौचालयहरु रहेका हुन्छन् । त्यस्तै आपत परेको खण्डमा प्रहरी कार्यालयमा गएर पनि तपाईले शौचालय प्रयोगका लागि अनुरोध गर्न सक्नुहुनेछ । वल्र्ड ट्रेड सेन्टरको ओकुलसमा पनि शौचालय प्रयोग गर्न सकिन्छ । त्यहाँ चौथो तलामा रहेको इटाली नजिकैको सफा शौचालय प्रयोग गर्न सकिनेछ ।

ब्याट्री पार्कमा रहेको फेरी टर्मिनलमा पनि सफा शौचालय रहेको छ । स्टटेन आइल्याण्ड जाने फेरी लाग्ने भवनमा उक्त शौचालय रहेको छ ।

कभरमा न्युयोर्कको एल्मस्र्ट पार्कमा झण्डै २५ लाख डलर खर्च गरेर बनाइएको सार्वजनिक शौचालय

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com