अमेरिकाको लाइसेन्स हुनेले नेपालसहित १८० देशमा गाडी चलाउन यसरी निकाल्न सकिन्छ अन्तराष्ट्रिय परमिट


प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार

man driving a car wearing wrist watch

अमेरिकाको ड्राइभर लाइसेन्स हुनेले नेपालसहित १८० देशमा गाडी चलाउन अन्तराष्ट्रिय ड्राइभिङ्ग परमिट निकाल्न सकिन्छ । विश्वका धेरैजसो देशहरूमा लाइसेन्स र विमा बिना गाडी चलाउनु गैरकानुनी हुने भएकाले अमेरिकाबाहिर यात्रा गर्दा गाडी चलाउने योजनामा हुनुहुन्छ भने अमेरिकी ड्राइभर लाइसेन्सका साथमा अन्तराष्ट्रिय ड्राइभिङ्ग परमिट निकाल्नु उपयुक्त हुन्छ ।

धेरै देशहरूले अमेरिकी ड्राइभर लाइसेन्सलाई मान्यता दिँदैनन् तर अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट भने स्वीकार गर्छन् । नेपालले अमेरिकी ड्राइभर लाइसेन्सको रुपान्तरण गर्न रोकेको छ । तर नेपालले अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट भने स्वीकार गर्छ ।

अमेरिकी सरकारले अटोमोबाइल एसोसिएसनलाई अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट जारी गर्नका लागि अनुमति दिएको छ । अमेरिकन अटोमोबाइल एसोसिएसनमार्फत अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट निकाल्न सकिन्छ ।

कुन कुन देशमा अन्तराष्ट्रिय ड्राइभिङ्ग परमिटलाई मान्यता दिइन्छ भन्ने थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले सन् १९४९ को महासन्धीमा हस्ताक्षर नगरेपनि अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट भने स्वीकार गर्छ । अंगोला, अर्मेनिया, बु्रनाई, भुटान लगायतका कैयन देशहरुले अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट स्वीकार गर्छन् । दक्षिण अमेरिकाका ब्राजिल र उरुग्वे बाहेक अन्य देशहरुले अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट स्वीकार गर्छन् ।

man driving vehicle with GPS system turned on
Photo by Dan Gold

अमेरिकन अटोमोबाइल एसोसिएसनमार्फत अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट प्राप्त गर्नका लागि व्यक्तिगत रुपमा उपस्थीत भएर वा हुलाकमार्फत आवेदन पठाउन सकिन्छ । व्यक्तिगत रुपमा उपस्थीत हुनेहरुले आवेदन फारम भरेर नजिकको शाखामा जानुपर्छ । दुईवटा पासपोर्ट साइजको फोटो, अमेरिकाको ड्राइभर लाइसेन्स र २० डलर शुल्क तिरेपछि अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट प्राप्त गर्न सकिन्छ ।

आवेदन फारम भर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

हुलाकमार्फत आवेदन दिनेहरुले आवेदन फारम भरेर दुईवटा पासपोर्ट साइजको फोटो, ड्राइभर लाइसेन्सको फोटोकपी र २० डलर मनी अर्डर वा चेक हुलाकमार्फत पठाउनुपर्छ । दुबै तस्वीरको पछाडि हस्ताक्षर गरेको हुनुपर्छ । दु्रत गतिको हुलाक सेवा प्राप्त गर्नका लागि अतिरिक्त शुल्क तिर्नुपर्छ ।

शाखामा उपस्थीत हुनका लागि नजिकको शाखा पत्ता लगाउन यहाँ क्लीक गर्नुहोला ।

हुलाकमार्फत कुन शाखामा पठाउने भन्ने थाहा पाउन यहाँ क्लीक गर्नुहोला । शुल्क कसरी तिर्ने लगायतका विवरण थाहा पाउन ती शाखाहरुमा फोनबाट पनि सम्पर्क गर्न सकिन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com