भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छ : मन्त्री आले


प्रकाशित मिति : जेष्ठ २५, २०७९ बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताउनुभएको छ । आज सङ्गीत रोयल्टी समाज नेपालको १६ औँ स्थापना दिवस तथा श्रष्टा सम्मान एवं रोयल्टी वितरण कार्यक्रममा उहाँले नेपाली गीत, सङ्गीतका श्रष्टाहरुकै कारण देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली गीत, सङ्गीतका श्रष्टा सर्जकले सङ्गीत सिर्जनाका माध्यमबाट राष्ट्रसेवा र राष्ट्रियताको जगेर्नाका निम्ति उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ, उहाँहरुका गीत सङ्गीतले राष्ट्र बलियो भएको छ ।” मन्त्री आलेले हाल विद्यमान प्रतिलिपि अधिकार ऐन, २०५९ का अतिरिक्त नेपाल वर्न महासन्धि, १८८६ को पक्ष राष्ट्र भएको नाताले उक्त महासन्धिले समेत नेपाली श्रष्टा सर्जकको हकअधिकारको संरक्षणलाई बल प्रदान गरेको जानकारी गराउनुभयो ।

यसैगरी मन्त्री आलेले आफ्ना गीत, सङ्गीत तथा सिर्जनाका माध्यमबाट राष्ट्रसेवा र राष्ट्रियताको जगेर्नाका निम्ति योगदान गर्ने सम्पूर्ण गीतकार, सङ्गीतकार, श्रष्टा सर्जकलाई विशेष सम्मानसमेत व्यक्त गर्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी अधिकारको संरक्षण र प्रचलनका लागि सघाउ पु¥याउने उद्देश्यले नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गरेको जानकारी गराउँदै मन्त्री आलेले अब श्रष्टाहरुले आफ्ना गीत, कला, सिर्जना तथा सङ्गीतका माध्यमबाट रोयल्टी पाउन सहज भएको जानकारी गराउनुभयो ।

गीतकार, सङ्गीतकार, श्रष्टा सर्जकलाई आफूले सधैँ सम्मान गर्दै आएको र उहाँलाई आवश्यक पर्ने सहयोगका लागि आफू सधैँ तयार रहनेसमेत मन्त्री आलेको भनाई थियो । उहाँले भन्नुभयो, “गीत, सङ्गीत तथा कला भनेका देश चिनाउने गहना हुन्, म त्यसको सम्मान गर्छु, आवश्यक पर्ने सहयोगका लागि म सधैँ अग्रसर रहने छु ।” उक्त कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गर्न सहज पु¥याएको भन्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीलाई स्मरण गर्दै उहाँकी धर्मपत्नी एवं सांसद विद्या भट्टराईलाई सम्मानसमेत गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com