बर्लिनको व्यस्त बजारको भीडमा कार जोत्दा एक जनाको मृत्यु, ६ जना गम्भीर घाइते
प्रकाशित मिति : जेष्ठ २५, २०७९ बुधबार
जर्मनीको पश्चिम बर्लिनको एक व्यस्त बजार क्षेत्रको मानिसको भिडमाथि कार चल्दा एक जना महिलाको मृत्यु भएको छ । घटनामा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। घटनामा घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । बुधबार विहान केशर विलियम मेमोरियल चर्च नजिक सपिङ सेन्टरमा एक कार मानिसहरुको भिडमाथि चलेको थियो ।
कारले मानिसहरुको भिडलाई हान्दै अघि बढ्दा सडकबाट तल झरेर सिसाको पसलको झ्यालमा ठोक्किएको थियो । ‘यो घटना दुर्घटना हो या नियतवश गरिएको भन्ने अझै खुलेको छैन,’ प्रहरीले ट्वीटरमा भनेको छ । प्रहरीका अनुसार भिडमा चलाइएको गाडीका चालक पक्राउ परेका छन् र उनको सोधपुछ भइरहेको छ । प्रहरीका अनुसार घाइते हुनेहरूमा अधिकांश जर्मन राज्य हेसेको एक हाईस्कूलका विद्यार्थीहरू थिए ।

बुधबार घटना सन् २०१६ डिसेम्बरमा प्राणघातक आक्रमण भएको स्थान नजिक छ । त्यसबेला एकजना ट्युनिसियन नागरिक अनिस अम्रिले क्रिसमस बजारको भिडमाथि ट्याक्टर टेलर चलाउँदा १२ जना मानिसको मृत्यु भएको थियो भने ४८ घाइते भएका थिए ।






