पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई नाट्टाको आग्रह


प्रकाशित मिति : जेष्ठ २४, २०७९ मंगलबार

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।

नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुउत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन व्यवसाय थोरै चलायमान हुन लागेको अवस्थामा हालै राष्ट्र बैंकले पुनःकर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अप्ठ्यारो परिस्थिति उत्पन्न भएको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई पुनरुउत्थान गर्नका लागि पुनःकर्जाको व्यवस्थालाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने माग अघि सारेको छ ।

यस्तै पर्यटन क्षेत्रका व्यवसायीले कोरोनाका कारण बैंकबाट लिएको ऋणको किस्ता समयमा बुझाउन नसकेको भन्दै विलम्ब शुल्क नलाग्ने गरी भुक्तानीको वातावरण निर्माण गर्नुपर्ने, पर्यटन क्षेत्रलाई पनि निर्यात व्यवसायीले पाएजस्तो ‘क्यास व्याक इन्सेन्टिभ’ दिइने व्यवस्था प्रदान गर्न आग्रह गरेको छ ।

नाट्टाले कोरोनाबाट अति प्रभावित क्षेत्र पर्यटनलाई सहजरूपमा ऋण प्रवाहको व्यवस्था गर्नुपर्ने, पर्यटन व्यवसायीलाई कम्पनी दर्ता प्रमाणपत्र कर चुक्ताको प्रमाणपत्रका आधारमा बैंक ग्यारेन्टीको धितो राखेर रु २० लाखसम्म सहुलियत ऋण प्रवाह गर्नुपर्ने, टुर गाइड, ट्रेकिङ गाइड, ¥याफ्टिङ गाइड, पर्वतारोहण गाइडलगायत सरकारले प्रदान गरेको प्रमाणपत्र जमानी राखेर रु १० लाखसम्म सहजरूपमा सहुलियत ऋण प्रवाह गर्न माग गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी विदेश भ्रमणका लागि टुर प्याकेज खरिद गर्दा दिने भुक्तानी सेवा बढाउनुपर्ने, राष्ट्र बैंकको डलर इजाजत र पर्यटन विभागबाट जारी हुने इजाजतको नवीकरण गर्ने समयमा एकरुपता ल्याउनुपर्नेलगायत मागसमेत नाट्टाको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com