अमेरिकामा २ वर्षका बालकले अन्जानमा बुबालाई गोली हानेपछि आमाविरुद्ध हत्याको अभियोग


प्रकाशित मिति : जेष्ठ २४, २०७९ मंगलबार

अमेरिकाको फ्लोरिडा ओल्र्याण्डोमा २ बर्षका बालकले बन्दुक फेला पारेर बुबालाई गोली हान्दा बुबाको मृत्यु भएपछि बालककी आमाविरुद्ध हत्याको अभियोग दर्ता गरिएको छ । ती बालकले दुर्घटनावश आफ्नो बुबालाई पछाडि गोली हानेका थिए ।

पत्रकार सम्मेलनमा घटनाबारे जानकारी दिदै प्रहरी

बालकका बुबा २६ बर्षका रेगी मेब्री आफ्नो घरमा भिडियो गेम खेल्दै थिए । त्यहीबेला तीन सन्तानमध्येका एक २ बर्षका बालकले बन्दुक फेला पारेर हानेका थिए । मृतक माब्री र उनी श्रीमती २८ बर्षकी मारी आयलाले विगतमा अपराध गरेको कारण बन्दुक राख्न अनुमति थिएन । उनीहरु बालबच्चा बेवास्ता गरेको र लागुऔषध मुद्दामा अनुसन्धानमा थिए ।

यसैक्रममा यो घटना भएपछि मारी आयलाविरुद्ध हत्या, लापरवाही र बन्दुक राखेको अभियोग लगाइएको अधिकारीहरुले बताएका छन् । हत्याको आरोपमा दोषी ठहरिएमा उनलाई १५ वर्षसम्म जेल सजाय हुन सक्नेछ । प्रहरीका अनुशार बन्दुक राम्रोसँग राखिएको थिएन भने बालकको सहजै पहुच हुने स्थानमा राखिएका कारण यो घटना भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२८ बर्षकी मारी आयला

बालकले कसरी बन्दुक फेला पारे भन्नेबारे थप स्पष्ट छैन । संघीय स्तरमा र देशभरि गोलीकाण्डका कारण बन्दुक नियन्त्रणका उपायहरू प्रस्तावित भइरहेको तथा हिंसाले थाकेका अमेरिकीहरूको दिमागमा बन्दुक सुरक्षाको लहर चलिरहेको बेलामा ती महिलाविरुद्धको अभियोग सार्वजनिक भएको हो ।

गत वर्षमात्र अमेरिकामा बालबालिकाहरुले अन्जानमा बन्दुक चलाउँदा गोली लागेर १६३ जनाको मृत्यु भएको थियो । यो बर्ष अहिलेसम्म बालबालिकाको हातमा बन्दुक पुगेर अन्जानमा गोली चलाउँदा ४६ जनाको मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com