घुम्न जाँदा नेपालको ड्राइभर लाइसेन्सले अमेरिकामा गाडी चलाउनुपरे के गर्ने ?


प्रकाशित मिति : जेष्ठ २४, २०७९ मंगलबार

अमेरिकामा गाडी चलाउने व्यक्तिहरूसँग वैध ड्राइभर लाइसेन्स हुनुपर्छ। यदि तपाईं विदेशी आगन्तुक हुनुहुन्छ भने तपाईले अमेरिकाका केही राज्यहरूमा गाडी चलाउनका लागि अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स र नेपालबाट जारी लाइसेन्स आवश्यक पर्दछ।

अमेरिकामा तपाईंले नेपाली ड्राइभिङ लाइसेन्समा गाडी चलाउनका लागि कुन राज्यमा गाडी चलाउने हो, त्यो राज्यको डीएमभीमा सम्पर्क गरेर यसबारे थप जानकारी पाउन सक्नुहुन्छ । कतिपय राज्यमा अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स विना पनि ३ देखि ६ महिनासम्म भिजिटरहरुले विदेशी लाइसेन्सबाट गाडी चलाउन पाउने प्रावधान छ । तर यसरी गाडी चलाउँदा तपाईले आफ्नो अमेरिका प्रवेशको आई ९४ सँगै राख्नुपर्छ ।

अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स तपाईको लाइसेन्सको एक रूप हो जसलाई विश्वका धेरै देशहरूले मान्यता दिन्छन् । यसले तपाइँको लाइसेन्सलाई १० भाषाहरूमा अनुवाद गर्दछ । तपाइँलाई फरक देशमा कानुनी रूपमा ड्राइभ गर्न अनुमति दिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाइ अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स प्राप्त गर्न चाहानुहुन्छ भने तपाइँले तपाइँको यात्राको अगाडि नै यो काम गर्नुपर्छ। अमेरिकाले विदेशी आगन्तुकहरूलाई अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स जारी गर्दैन। अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स प्राप्त गर्न तपाईंको ड्राइभर लाइसेन्स जारी गर्ने देशको यातायात विभागलाई सम्पर्क गर्न सकिन्छ ।

अमेरिकामा कार भाडामा लिनको लागि तपाईंलाई आफ्नो ड्राइभर लाइसेन्स र अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स दुवै आवश्यक पर्न सक्छ। यदि तपाईं कार भाडामा लिने योजना गर्दै हुनुहुन्छ भने भाडा कम्पनीका नीतिहरू र अन्य आवश्यकताहरू पहिल्यै पत्ता लगाउनुहोस्।

अन्तर्राष्ट्रिय ड्राइभर लाइसेन्सका ठगीहरुबाट सावधान रहनुहोस्। ठगहरुले तपाईंलाई नक्कली अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स बेच्ने प्रयास गर्न सक्छन्। तपाईले पैसा गुमाउनुको अतिरिक्त अमेरिकामा नक्कली अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स प्रयोग गर्नुभयो भने यात्रामा ढिलाइ वा कानुनी समस्यामा पर्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com