उस्तै छ ग्रामीण क्षेत्रमा जातीय छुवाछूत


प्रकाशित मिति : जेष्ठ २३, २०७९ सोमबार

 

पाल्पाको ग्रामीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा नरोकिएको जनाइएको छ ।

नेपालको संविधान–२०७२ ले ‘जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख छ । जातीयताकै कारण आफूहरुले मन्दिरमा चढाएको प्रसाद फिर्ता भएको यहाँका दलितले दुःखेसो पोखेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ तालपोखराको शिवमन्दिर पुनःनिर्माण गरिएको छ । प्रत्येक शनिबार र आइतबार पूजाआराधना गरिने मन्दिरमा शिवरात्रिलगायतका पर्वमा विशेष पूजा हँुदै आएको छ ।

विगतका वर्षहरूमा मन्दिरमा दूध, हलुवा तथा प्रसाद चढाए पनि दलित जातिको भनी फिर्ता गरिदिँदा यहाँका दलित जातीय भेदभाव तथा छुवाछूत भोग्न परेकामा गुनासो गर्दछन् । मन्दिरमा भेटी चढ्ने, टीका र प्रसाद टाढाबाटै दिने गरेको स्थानीयवासी सीता विकले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्दिर निर्माणमा दलित र गैरदलितले बराबर रकम सङ्कलन गरी निर्माण थालिएको थियो । मन्दिर तथा अन्य सार्वजनिकस्थलमा दलितमाथि छोइछिटो तथा भेदभाव नहटेको स्थानीय मनकला सुनारले बताउनुभयो ।

दलित समुदायले आफूहरूले चढाएको फूल, प्रसाद मन्दिरका पुजारीले फिर्ता गरिदिएको आरोप लगाएका छन् । मन्दिरमा दलित र गैरदलितलाई समान व्यवहारका लागि दलित अगुवाहरूले निवेदन दिए पनि सुनुवाइ हुन नसकेको उनीहरूको भनाइ छ ।

दलितले ल्याएका फूलप्रसाद, दूध मन्दिरमा चढाएका छौँ, आफूले मन्दिरमा भेदभाव नगरेको र दलितले ल्याएका प्रसाद चढाएको सोही मन्दिरका पूजारी छविलाल पन्थीले जानकारी दिनुभयो ।

जिल्लामा जातीय छुवाछूत तथा भेदभावका घटना अझै अन्त्य भएको छैन । दलित तथा गैरदलितलाई जागरुक बनाउँदै छुवाछूत तथा भेदभाव गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने स्थानीयवासी सुनिल नेपालीको माग छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com