बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत


प्रकाशित मिति : जेष्ठ २३, २०७९ सोमबार

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँका विरुद्धमा आफ्नो कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए ।

उहाँप्रति विश्वास छ भने विश्वासको मतको पक्षमा यहाँका २११ जना सांसदले मत दिएका छन् । उहाँको दलका सांसदहरु ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

यो सँगै अब उहाँ एक वर्षका लागि सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ । हिजोको मतदानमा उहाँको विपक्षमा १४८ जना सांसदले मत दिएका थिए । प्रधानमान्त्री जोनसनले विश्वास मत प्राप्त गरेपछि आफूलाई नतिजा राम्रो लागेको बताउनुभएको छ । उहाँले सो नतिजालाई निर्णायक भन्नुभएको छ । उहाँले उक्त नतिजा आफ्ना लागि धेरै राम्रो भएको बताउनुभएको थियो ।

यो नतिजासँगै उहाँ अब प्रधानमन्त्री पदबाट हट्नु नपर्ने भएको छ । उता आलोचकहरूले भने उहाँका विरुद्धमा पार्टीभित्रैबाट एक प्रकारको विद्रोह भएको बताएका छन् र यसले आगामी दिनमा उहाँका अधिकारहरुमा पनि कटौती हुनसक्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो पार्टीबाट अविश्वासको प्रस्ताव आएपछि उहाँलाई कतिपयले राजीनामा दिन पनि आह्वान गनु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com