भाजपा नेताको विवादित अभिव्यक्ति : कतार आक्रोशित, भन्यो ‘भारतले माफी माग्नुपर्छ’


प्रकाशित मिति : जेष्ठ २३, २०७९ सोमबार

भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले पैगम्बर मोहम्मदलाई लिएर दिएको विवादास्पद वक्तव्यमा कतारको विदेश मन्त्रालयले आइतवार दोहामा कार्यरत भारतीय राजदूत दीपक मित्तललाई बोलाएर कतारको प्रतिक्रियाको आधिकारिक नोट बुझाएको छ ।

कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको सत्तारुढ दलका नेताको विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरिएको छ । नुपुर शर्मालाई भारतीय जनता पार्टीले पार्टीको प्राथमिक सदस्यताबाट निलम्बन गरेको छ ।

भाजपाले नुपुर शर्मालाई निलम्बन गरेको घोषणा गरेको बयानको कतारले पनि स्वागत गरेको छ । कतारले नुपुर शर्माको बयानका कारण विश्वभरका मुस्लिममा आक्रोशको वातावरण रहेको बताएको छ । कतारले पनि भारत सरकारले यी टिप्पणीहरूको तुरुन्त निन्दा गर्ने र यसका लागि माफी माग्ने आशा राखेको छ।

यही प्रकरणमा कतार र कुवेतको विरोधपछि अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशन (ओईसी) ले पनि भाजपाका नेताहरुको अभिव्यक्तिप्रति आपत्ती जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक टेलिभिजन अन्तर्वार्ताको क्रममा शर्माले पैगम्बर मोहम्मद र कुरानको नाम लिंदै अपमानजनक अभिव्यक्ति दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिको सर्वत्र विरोध भएको छ । त्यसपछि भाजपाले विज्ञप्ति जारी गर्दै सबै धर्मको सम्मान गर्ने र कुनै पनि धार्मिक महापुरुषको अपमानको कडा शब्दमा निन्दा गर्ने स्पष्टीकरण दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com