अमेरिकाले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिने घोषणा गरेपछि पुटिनले दिए यस्तो चेतावनी


प्रकाशित मिति : जेष्ठ २२, २०७९ आईतबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई लामो दुरीको क्षेप्यास्त्र नदिन पश्चिमा राष्ट्रहरुलाई चेतावनी दिएका छन् । राष्ट्रपति पुटिनले एक टिभी अन्तर्वार्तामा युक्रेनलाई यस्ता हतियार दिनुको उद्देश्य युद्धलाई सकेसम्म लामो बनाउनु रहेको बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिँदै भनेका छन् यदि पश्चिमी देशहरूले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र दिए भने उनको सेनाले अझै छुटेका क्षेत्रमा पनि आक्रमण गर्ने छ ।

अमेरिकाले भर्खरै युक्रेनलाई लामो दूरीका रकेटहरू उपलब्ध गराउन सहमत भएको छ। युक्रेनी अधिकारीहरूले भनेका थिए , यी रकेटहरू गेम चेन्जर साबित हुन सक्छन्। तर रुसी राष्ट्रपति पुटिनले यी रकेटले जमिनमा कुनै परिवर्तन ल्याउन नसक्ने बताएका छन् ।

पुटिनको यो भनाइ यस्तो बेला आएको हो जब रुसी सेनाले युक्रेनको पूर्वी भाग बाहेक राजधानी किभ लगायत धेरै शहरमा आक्रमण गरेको छ ।

रुसले युक्रेनका दुई सहरमा मिसाइल प्रहार गरेको अधिकारीहरूले बताएका छन् । राजधानी किभमा उपस्थित एक अधिकारीले रेलमार्गलाई निशाना बनाएर आक्रमण गरिएको बताए । आक्रमणमा घाइते भएका एक जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कुनाशेन्कोभले युक्रेनमा क्षति पुगेको दाबी गरेका छन् ।

इगोर कुनाशेन्कोभले भने, “किभ बाहिरबाट रुसी सेनाले प्रहार गरेको लामो दूरीको क्षेप्यास्त्रले पूर्वी युरोपका देशहरूले पठाउने T-72 ट्याङ्क र अन्य सवारी साधनहरूलाई नष्ट गर्यो।”

यसैबीच युक्रेनको पूर्वी भागमा भिडन्त जारी रहेको स्थानीय गभर्नर शेरी हाइडाईले युक्रेनी सेनाले सेभेरोडोनेत्स्कको केही भाग पुनः आफ्नो नियन्त्रणमा लिएको र झण्डै आधा सहर आफ्नो नियन्त्रणमा रहेको बताएका छन् ।

शेरी हाइडाईले भनिन्, “हामी पक्कै पनि कठिन अवस्थामा छौं। मैले यसबारे पहिले नै रिपोर्ट गरिरहेको थिएँ। रुसले सहरको ७० प्रतिशत कब्जा गरेको थियो तर पछिल्ला दुई दिनमा हामीले उनीहरूलाई पछाडि धकेलेका छौं र अहिले यो सहर लगभग आधामा विभाजित भएको छ।” तर, उनको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।-एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com