उत्तर कोरियाद्वारा ८ मिसाइल परीक्षण


प्रकाशित मिति : जेष्ठ २१, २०७९ शनिबार

उत्तर कोरियाले आइतबार बिहान पूर्वी तटमा आठ छोटो दुरीका ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले यी मिसाइलहरू उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट प्रहार गरिएको बताएका छन्।

जापानको क्योडो समाचार एजेन्सीले सरकारी स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले एकैपटक धेरै मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाको मामिलाका लागि अमेरिकी विशेष दूतसँग किम दक्षिण कोरियाको भ्रमणमा गएपछि उत्तर कोरियाले यस्तो गरेको हो ।

उनले आफ्ना दक्षिण कोरिया र जापानी समकक्षीसँग भेट गरेका थिए । सन् २०१७ यता उत्तर कोरियाले पहिलो पटक परमाणु परीक्षण गर्ने सम्भावना छ । अमेरिकाले उत्तर कोरियालाई आफ्नो कूटनीतिको ढोका खुला रहेको र प्रतिबन्धहरु खुकुलो पार्ने विषयमा छलफल गर्न पनि तयार रहेको स्पष्ट रुपमा बताएको छ ।

गत साता अमेरिकाले उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघमा थप प्रतिबन्ध लगाउन चाहेको थियो तर चीन र रुसले त्यसको विरोध गरेका थिए ।सन् २००६ पछि चीन र रुसले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भिटो लगाएको यो पहिलो पटक हो । २००६ मा, उत्तर कोरियाले आफ्नो पहिलो परमाणु परीक्षण गरेको थियो । दक्षिण कोरिया र अमेरिकाले आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास एक दिन अघि सम्पन्न गरेपछि उत्तर कोरियाले यस्तो गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com