क्यलिफोर्नियाको एउटा स्टेशनमा पेट्रोलको मूल्य १० डलर प्रति ग्यालेन, न्युयोर्क सिटीमा नाघ्यो ५ डलर


प्रकाशित मिति : जेष्ठ २१, २०७९ शनिबार

अमेरिकाको न्युयोर्क सिटीका अधिकांश ग्यास स्टेशनमा पेट्रोलको मूल्य प्रति ग्यालेन ५ डलरभन्दा बढी भएको छ भने क्यालिफोर्नियाको एउटा ग्यास स्टेशनमा झण्डै १० डलर प्रति ग्यालेन पुगेको छ । सान फ्रान्सिस्कोबाट १७५ माइल उत्तरमा रहेको मेन्डिसिनोमा अवस्थित शेभरोन ग्यास स्टेशनमा पेट्रोलको मूल्य ९ डलर ६० सेन्टस प्रति ग्यालेन पुगेको छ ।

क्यालिफोर्नियामा औषत पेट्रोलको मूल्य भन्दा उक्त ग्यास स्टेशनमा पेट्रोलको मूल्य झण्डै ३ डलर प्रति ग्यालेनले बढी हो । क्यालिफोर्नियामा औषत मूल्य ६ डलर ३० सेन्टस प्रति ग्यालेन पुगेको छ । कुनै ग्यास स्टेशनमा केही सस्तो रहेको छ भने केहीमा महँगो रहेको छ । लस एन्जलसको शेभरन ग्यास स्टेशनमा नियमित पेट्रोलको मूल्य ८ डलर ५ सेन्टस प्रति ग्यालेन पुगेको छ ।

ग्यास बडीका अनुशार औषतमा वासिंटन राज्यमा औषत ५ डलर २३ सेन्टस, ओरेगनमा ५ डलर २३ सेन्टस, इलिनोयमा ५ डलर २४ सेन्टस, अलास्कामा ५ डलर २५ सेन्टस, नेभाडामा ५ डलर ३२ सेन्टस, हवाईमा ५ डलर ४१ सेन्टस र क्यालिफोर्नियामा ६ डलर ३० सेन्टस प्रति ग्यालेन पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२१ को जनवरीमा डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम महिनामा अमेरिकामा पेट्रोलको मूल्य औषतमा प्रति ग्यालेन २ डलर ४१ सेन्टस रहेको थियो भने कतिपय राज्यमा २ डलरभन्दा पनि कम रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com