मस्कको बयानपछि टेस्लालाई ठूलो झट्का
प्रकाशित मिति : जेष्ठ २१, २०७९ शनिबार
इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयरमा तीव्र गिरावट आएको छ । कम्पनीका सीईओ इलोन मस्कले कर्मचारीको सङ्ख्या १० प्रतिशतले कटौती गर्न र नयाँ भर्ना रोक्न चाहेको बताएपछि अमेरिकी स्टक एक्सचेन्जमा टेस्लालाई यो झट्का लागेको हो ।
क्रबार मस्कले कम्पनीलाई पठाएको एउटा इमेलमा उनले अर्थव्यवस्थाको बारेमा ‘नराम्रो भावना’ आइरहेको छ र त्यसैले कर्मचारी १०५ घटाउन चाहेको बताएका थिए । यसअघि मे महिनामा अमेरिकी श्रम विभागले करिब चार लाख नयाँ रोजगारीको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर अमेरिकामा मुद्रास्फीति गगनचुम्बी छ र फेडरल रिजर्भ बैंकले आगामी महिनाहरूमा थप ब्याजदर बढाउने अपेक्षा गरिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार टेस्लाका कार्यकारीहरूलाई सन्देश पठाइएको छ र उनीहरूलाई विश्वभर नयाँ भर्ती रोक्न भनिएको छ। यस घोषणा पछि टेस्लाको सेयर शुक्रबार अमेरिकी स्टक एक्सचेन्जमा ९% र नास्डाकमा लगभग २% घट्यो।-बिबिसिबाट






