मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने घोषणा
प्रकाशित मिति : जेष्ठ २१, २०७९ शनिबार
kmf]6f] SofK;g M ;Ddfg kq k|bfg ug'{ x’Fb}{ dGqL cfn] M sf7df8f}F, @! h]7 M ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb’/ cfn] cfh g]kfn rnlrq ;+3sf] $& cf}F jflif{s ;fwf/0f ;efdf jl/i7 gfos lzj >]i7nfO{ ;Ddfg kq k|bfg ug'{ x’Fb} . t:jL/ M ljdnaxfb’/ lji6÷/f;;
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो ।
चलचित्रको आज बालुवाटारबाटनै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गर्नुभएको हो । उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको हो । सो चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नुहुने छ ।
‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ । आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । उक्त चलचित्र निर्माणका लागि रु एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।






