म्यानमारमा ३० बर्षपछि मृत्युदण्डको घोषणा,चार जनालाई मृत्युदण्ड दिने सरकारी निर्णय सदर


प्रकाशित मिति : जेष्ठ २०, २०७९ शुक्रबार

{“caption”:”u092fu093eu0919u094du0917u0941u0928u0915u094b u0938u093fu091fu0940 u0939u0932u092eu093e u0938u0947u0928u093e u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938″,”photographer”:””,”alt_text”:””}

म्यानमारको सैनिक सरकारप्रति वफादार बन्दै यहाँको एक अदालतले आङ सान सुकीको पार्टी ‘नेशनल लिग फर डिमोक्रेसी पार्टी (एनएलडिपी)’ का पूर्व सदस्य र एक प्रतिष्ठित प्रजातन्त्रवादी अधिकारकर्मीलाई मृत्युदण्ड दिने सरकारी निर्णयलाई सदर गरेको छ ।

उहाँहरू दुवैलाई आतंकवादलाई प्रश्रय गरेको भन्दै दोषी ठहर गरिएको हो । सन् १९९० देखि देशमा अदालतले मृत्युदण्डलाई सदर गरेको यो पहिलो घटना भएको आङ साङ सरकारी प्रवक्ताले एएफपीलाई शुक्रबार जानकारी गराए ।

प्रवक्ता जाउ मिन तुनले एएफपीसँग भन्नुभयो, “पूर्व सांसद फियो जेया थाउ र प्रजातन्त्रवादी अधिकारकर्मीको जिम्मीसहित चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । उहाँहरूलाई जेलको प्रक्रिया अनुसार फाँसी दिइनेछ ।”

सैनिक सरकार, जुन्ताले गत वर्ष सत्ता कब्जा गरेपछि भएका झडप तथा दमनका क्रममा दर्जनौं ‘सैनिक विद्रोह’ विरोधी कार्यकर्ताहरूलाई मृत्युदण्डको सजाय सुनाएको हो । म्यानमारले सन् १९९० पछि अदालती प्रक्रियाबाट मृत्युदण्डलाइ सदर गरेको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत नोभेम्बरमा गिरफ्तार भएका आङ सान सुचीको नेशनल लिग फर डेमोक्रेसीका सदस्य फियो जेया थाउलाई आतंकवाद विरोधी कानून अन्तर्गत अपराधका लागि जनवरीमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

‘जिम्मी’ भनेर चिनिने प्रजातन्त्रवादी प्रसिद्ध अभियन्ता क्यो मिन युले पनि अर्थसैन्य न्यायिक निकायबाट सोही कसुरमा सजाय तोकिएको हो ।

जुन्ता प्रवक्ता जाउ मिन तुनले भन्नुभयो, “उनीहरूलाई सजायमाथि पुनः अवलोकनका लागि निवेदन गर्ने र पठाउने कानुनी प्रक्रियालाई निरन्तरता दिएको तर अदालतले उनीहरूको मागलाई अस्वीकृत गरेको छ ।” मृत्युदण्डको कुनै मिति नतोकिएको प्रवक्ता तुनले बताउनुभयो ।-फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com