अमेरिकाको एक चर्च बाहिर गोली हानी २ जना महिलाको हत्या


प्रकाशित मिति : जेष्ठ २०, २०७९ शुक्रबार

अमेरिकाको आयोवा राज्यको एम्समा सहरमा रहेको चर्चको पार्किङ स्थल बाहिर दुई जना महिलाको हत्या भएको छ। आक्रमणकारीले महिलालाई गोली हानेपछि आफूलाई पनि गोली हानेको देखिन्छ।
स्टोरी काउन्टी शेरिफको कार्यालयका प्रमुख उप निकोलस लेनीले भने, “म तपाईलाई भन्न सक्छु आक्रमणकारीलाई अधिकारीहरूले मारेको होइन।”

बिहीबार रातिसम्म भवनमा कति मानिसहरू थिए भन्ने कुनै अनुमान छैन ।

स्टोरी काउन्टी शेरिफको कार्यालयले साँझ ६ः ५१ बजे कर्नरस्टोन चर्च बाहिर गोली चलाइएको बारे धेरै फोन कलहरू आाएका थिए ।

अहिलेसम्म कुनै कारण पत्ता लागेको छैन। लेनीले भने, “यो लक्षित आक्रमण हो वा यो अनियमित आक्रमण हो भनेर पहिचान गर्न हामी अझै अनुसन्धान गरिरहेका छौं।”

यो कैथेड्रल डेस मोइन्स नजिकै छ। एम्स स्टोरी काउन्टीको शहर मध्य आयोवाको डेस मोइन्सबाट ५० किलोमिटर उत्तरमा छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com