शेरिल स्याण्डवर्गले फेसबुकको सञ्चालक कम्पनी मेटाबाट दिइन् अचानक राजीनामा


प्रकाशित मिति : जेष्ठ १९, २०७९ बिहीबार

DAVOS/SWITZERLAND, 25JAN13 – Sheryl Sandberg, Chief Operating Officer and Member of the Board, Facebook, USA; Young Global Leader Alumnus gives a statement during the session ‘Women in Economic Decision-making’ at the Annual Meeting 2013 of the World Economic Forum in Davos, Switzerland, January 25, 2013. Copyright by World Economic Forum swiss-image.ch/Photo Michael Wuertenberg

 

मेटा प्ल्याटफर्म इन्ककी प्रमुख सञ्चालक अधिकृत (सीईओ) शेरिल स्याण्डवर्गले सो पदबाट राजीनामा दिएकी छन् । स्याण्डवर्ग मेटाको बोर्डमा भने रहि रहनेछिन् । मेटा फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपको मातृ कम्पनी हो । स्याण्डवर्गले औपचारिक रुपमा सीईओ छाडिसकेपछि उनको पद जेभियर ओलिभ्यानले सम्हाल्नेछन् ।

ओलिभ्यान हाल कम्पनीको विकास शाखामा काम गरिरहेका छन् । स्याण्डवर्ग सन् २००८ मा फेसबुकसँग जोडिएकी थिइन्, जुनबेला कम्पनी सुरुवाती चरणमै थियो । उनको नेतृत्वमा कम्पनी १२० अर्ब (गत वर्षको मूल्याङ्कन अनुसार) रिभेन्युयुक्त कम्पनीमा विकास भएको छ ।

स्याण्डवर्ग फेसबुकका सीईओ मार्क जुकरवर्गपछि कम्पनीको सबैभन्दा परिचित पदाधिकारी रहँदै आएकी छन् । फेसबुकमा आबद्ध हुनुअघि स्याण्डवर्ग गुगलमा कार्यरत थिइन् । फेसबुकमा जोडिँदा उनले विज्ञापन, साझेदारी, व्यवसाय विस्तारजस्ता व्यापारिक शाखा सम्पूर्ण हेर्ने गरी आएकी थिइन् । यसले जुकरवर्गलाई उत्पादनमा केन्द्रित हुन सघायो । तर दुई जनाको ‘पहिले विस्तार गर्ने पछि समस्या सम्बोधन गर्ने’ भन्ने नीतिले फेसबुकमा धेरै समस्या सिर्जना हुन पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५२ वर्षीया स्याण्डवर्गले आगामी गृष्ममा विवाह गर्ने योजना गरेको पनि बताइन् । उनका दोस्रा श्रीमान डेभिड गोल्डम्यान सन् २०१५ मा बितेका थिए । दुई जनाका एक छोरा र एक छोरी छन् । साथै उनले आफ्ना परिवारसँग बढी समय बिताउन चाहेको पनि बताइन् । उनी चाँडै हजुरआमा बन्दै छिन् । त्यसबाहेक महिलाको मुद्दामा वकालत गर्ने र परोपकारको काममा सरिक हुने योजना पनि उनले खुलाएकी छन् । एजेन्सी

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com