१२ वटा मोटरसाइकलसहित चोरीको आरोपमा ८ जना पक्राउ


प्रकाशित मिति : जेष्ठ १९, २०७९ बिहीबार

मोटरसाइकल चोरी आरोपमा झापामा आठ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले फेला परेका १२ मोटरसाइकलसहित  सार्वजनिक गरेको छ । पक्राउ परेका आरोपितहरुमा गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय विष्णु भण्डारी, करण मण्डल, विर्तामोड–३ का १९ वर्षीय कुमार राजवंशी, १८ वर्षीय समुन विहारी, सप्तरी टुकली नगरपालिका–५ का २७ वर्षीय करण महमद र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ रहेका छन् ।

केही महिना अगाडिदेखि इलाका प्रहरी कार्यालय अनारमनीमा मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि प्रहरीले टोली खटाएर सूक्ष्मरूपमा अभियुक्तको पहिचान तथा खोज तलास गर्ने काम गर्दै आएको थियो । आरोपितहरुले मोटरसाइकल चोरी गर्दै ग्यारेजमा थुपार्ने गरेको पाइएको छ ।

खोज तलास गर्दै जाँदा प्रहरीले अर्जुनधारा–८ कदमगाछीस्थित अशोक विहारीको घरमा रहेको ग्यारेज र वडा नं १० स्थित विमल हुमागाईंको घरमा सञ्चालित करण महमदको मोटरसाइकल ग्यारेजबाट र अन्य विभिन्न स्थानबाट चोरीका १२ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका सबै आरोपितलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com