इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा पेट्रोलको मूल्य प्रति ग्यालेन ५ डलरभन्दा बढी


प्रकाशित मिति : जेष्ठ १९, २०७९ बिहीबार

इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा पेट्रोलको मूल्य प्रति ग्यालेन ५ डलरभन्दा बढी भएको छ । मे महिनाको अवधिमा मात्र पेट्रोलको मूल्य प्रति ग्यालेन औषतमा ४८ सेन्टसले बढ्दा देशभरको औषत मूल्य प्रति ग्यालेन ४ डलर ६७ सेन्टस पुगेको थियो ।

ओक्लाहोमामा पनि पेट्रोलको मूल्य प्रति ग्यालेन ४ डलर नाघेपछि ४ डलरभन्दा धेरै मूल्य हुने राज्यहरुको संख्या ५० पुगेको हो । नियमित पेट्रोलको मूल्य अहिले सबैभन्दा कम जर्जियामा ४ डलर १७ सेन्टस प्रति ग्यालेन पुगेको छ ।

ग्यास बडीका अनुशार औषतमा वासिंटन राज्यमा औषत ५ डलर २३ सेन्टस, ओरेगनमा ५ डलर २३ सेन्टस, इलिनोयमा ५ डलर २४ सेन्टस, अलास्कामा ५ डलर २५ सेन्टस, नेभाडामा ५ डलर ३२ सेन्टस, हवाईमा ५ डलर ४१ सेन्टस र क्यालिफोर्नियामा ६ डलर १९ सेन्टस प्रति ग्यालेन पुगेको छ । अहिलेसम्म ५ डलर नाघेको यी राज्यहरुमा मात्र हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क पोष्टका अनुशार लस एन्जलसको शेभरन ग्यास स्टेशनमा नियमित पेट्रोलको मूल्य ८ डलर ५ सेन्टस प्रति ग्यालेन पुगेको छ । सन् २०२१ को जनवरीमा डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम महिनामा अमेरिकामा पेट्रोलको मूल्य औषतमा प्रति ग्यालेन २ डलर ४१ सेन्टस रहेको थियो भने कतिपय राज्यमा २ डलरभन्दा पनि कम रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com