हलिउड अभिनेता डेपले जीते मुद्दा, पूर्व पत्नी एम्बरले दिनेछिन् १५ मिलियन डलर क्षतीपूर्ती


प्रकाशित मिति : जेष्ठ १८, २०७९ बुधबार

हलिउड फिल्म पाइरेट्स अफ द क्यारिबियन्स फिल्म र सिरिजमा अभिनय गरेका अभिनेता र तीन पटक ओस्कारमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन् ।अदालतले जोनी डेपलाई मानहानीको लागि १५ मिलियन क्षतिपूर्ति तिर्न आदेश दिएको छ । यसमा १० मिलियन डलर क्षतीपूर्तीको रूपमा दिइनेछ भने एम्बरले ५ मिलियन डलर एम्बरलाई दण्डको रुपमा तिर्नुपर्ने हुन्छ ।

यस्तै, एम्बर हर्डको दुईवटा मुद्दामा अदालतले जोनी डेपले उनको मानहानि नगरेको ठहर गरेको छ, यद्यपि तेस्रो मुद्दामा अदालतले जोनी डेपले आफ्ना वकिलमार्फत एम्बर हर्डको मानहानि गरेको पायो, यसका लागि अदालतले उनलाई मानहानिका लागि दुई मिलियन डलर भुक्तानी गर्न आदेश दिएको छ ।

अदालतको फैसलापछि एम्बर हर्डले आफ्नो बयानमा भनिन्, ‘म आफ्नो निराशा शब्दमा व्यक्त गर्न सक्दिनँ । मेरो मुटु टुटेको छ । प्रमाणको पहाडले पनि पूर्व पतिको शक्ति, प्रतिष्ठा र प्रभाव डगमगाउन सकेन । म यसकारण पनि निराश छु किनभने यो निर्णयले अन्य महिलालाई पनि असर गर्नेछ । यो एउटा झटका जस्तै हो । महिला विरुद्ध हुने हिंसालाई गम्भीरतापूर्वक लिनको लागि पनि यो झटका हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै क्रममा जोनी डेपले आफ्नो बयानमा भनेका छन्, ‘ सुरुदेखि नै मुद्दाको उद्देश्य सत्य बाहिर ल्याउनु थियो, नतिजा जस्तोसुकै होस् । सत्यलाई कहिल्यै मेटाउन सक्दैन ।’
हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डको अदालतको मुद्दा विगत ६ हप्तादेखि चर्चामा थियो । फैसलाको दिन एम्बर हर्ड भर्जिनियाको अदालतमा उपस्थित थिइन् भने जोनी डेप आफ्नो कन्सर्ट रहेको भन्दै फैसलाको दिन अदालतबाट टाढा रहे ।

के थियो कुरा ?

५८ वर्षीय जोनी डेपले आफ्नी पूर्व पत्नी तथा अभिनेत्री ३६ वर्षीया एम्बर हर्डविरुद्ध मुद्दा दायर गरेका थिए । वास्तवमा, २०१८ मा, एम्बरले वासिङ्टन पोस्टमा आफू घरेलु हिंसाको शिकार भएको विस्तृत जानकारी दिएकी थिइन् । यद्यपि, उनले यसमा कसैको पनि नाम भने लिएकी थिइनन् ।

तर जोनी डेपले भने यो लेखले उनको बदनाम भएको र यसले उनको करियरलाई असर गरेको अभिव्यक्ति व्यक्त गरे । यसपछि जोनी डेपले आफ्नी पूर्व पत्नीविरुद्ध ५० मिलियन डलरको मुद्दा दायर गरेका थिए । बदलामा, एम्बरले १०० मिलियनको मुद्दा दर्ता गरेकी थिइन् ।

यो मुद्दामा बुधबार मध्यरातपछि फैसला आएको हो । अदालतले एम्बरको लेखबाट जोनीको मानहानि भएको ठहर गरेको छ । अदालतका अनुसार एम्बरले लेखेको लेख झुटो र मानहानिपूर्ण थियो ।अदालतले एम्बरले आफ्नो विवाहको बारेमा दिएको बयान गलत भएको ठहर गरेको छ ।

यो विषयलाई लिएर विश्वभर चासो देखिएको थियो । यो मुद्दा सात सदस्यको निर्णायक मण्डलद्वारा सुनुवाई भएको थियो, कोर्ट टिभीका अनुसार यो जुरीमा पाँच पुरुष र दुई महिला थिए । यसअघि पनि २०१६ मा एम्बर हर्डले जोनी डेपमाथि आक्रमणको आरोप लगाएकी थिइन् । बीबीसीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com