अमेरिकाको ओक्लाहोमा अस्पतालमा गोली चल्दा ४ जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ १८, २०७९ बुधबार

 

अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । उनको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।

डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि गोली लागेर मृत्यु भएको छ ।

अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले पीडितहरू कर्मचारी र बिरामी दुवै रहेको बताए। ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनलाई आक्रमणको जानकारी गराएको बताएको छ।

गत हप्ता टेक्सासको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो । मे महिनामा बफेलो सुपरमार्केटमा गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com