गुडिरहेको रेलमा महिलामाथि सामूहिक बलात्कार


प्रकाशित मिति : जेष्ठ १८, २०७९ बुधबार

पाकिस्तानमा चलिरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ ।

रेलसेवाका प्रहरी अधिकारी फैजल शखरले मंगलबार  घटनाबारे पत्रकारलाई जानकारी गराउने क्रममा बलात्कृत महिला दुई बच्चाकी आमा भएको बताए । शखरका अनुसार सोमबार घटनाबारे प्रहरीमा रिपोर्ट गरिएलगतै दुईजना शंकास्पद व्यक्ति पक्राउ परेको र अर्को तेस्रो व्यक्ति मंगलबार पक्राउ परेका छन् । घटना मुल्तानबाट कराँचीतर्फ जाँदै गरेको बहोद्दिन जाकारिया एक्सप्रेस रेलमा घटेको थियो । रेलको सुरक्षा तथा प्रशासन एक नीजि कम्पनीले सम्हाल्ने गरेको हातमा रहेको समाचारहरुमा उल्लेख छ ।

घटना बाहिरिएपछि समाजका विभिन्न तप्काले आक्रोश व्यक्त गरेका छन् । मानवअधिकार संगठन, मिडिया, अभियन्ता लगायत आमजनताले घटनामा संलग्नहरूलाई कडाभन्दा कडा सजाय दिन आग्रह गरेको छ । बुधबारको सम्पादकीयमा प्रमुख पाकिस्तानी समाचारपत्र डनले घटनालाई ‘ठूलो अपराध’ भन्दै रेलमा उपयुक्त सुरक्षा व्यवस्था नगरेको प्रति प्रश्न उठाएको छ । ‘कमजोर सुरक्षा व्यवस्थाले आपराधिक मानसिकता भएका पुरुषहरु तिनको कुत्सित मनोकांक्षा पुरा गर्न प्रेरित गराउँछ भन्ने बिर्सनुहुदैन ।

कुनै पनि समाजको मूल्यको मानक त्यस समयको महिलाको सुरक्षा स्थितिले दर्साउँछ ,’ डनले सम्पादकीयमा लेखेको छ ।पाकिस्तानमा पछिल्लो समय धेरै यौन हिंसाका घटना बाहिरिएका छन् । सरकारी तथ्याङ्कअनुसार गत चार वर्षमा १४,००० भन्दा बढी महिला बलात्कृत भए र यीमध्ये जम्मा तीन प्रतिशत घटनामा मात्र दोषीले सजाय पाए ।

कमजोर प्रहरी अनुसन्धान, प्रशस्त कानुनी छिद्र र पीडितलाई न्यायका लागि प्रयास गर्न रोक्ने सामाजिक धारणाका कारण थोरै मात्र दोषी दण्डित हुने गरेका हुन् । ‘बाहिर आएका औपचारिक तथ्याङ्क वास्तविक समस्याको सानो अंश मात्र हुनसक्छ । अधिकांश घटनाको प्रहरीमा रिपोर्ट नै हुँदैन ,’ यौन हिंसासम्बन्धी तथ्याङ्क संकलन गर्ने राष्ट्रिय प्रहरी ब्यूरोले बतायो ।

पाकिस्तानको संसदले गतवर्ष एउटा कठोर बलात्कार विरोधी कानुन पास गरेको थियो, जसले बलात्कारीलाई रसायनिक रुपमा नपुङ्सक बनाउनेसम्म सजाय निदृष्ट गरेको छ । ल्लेखित कानुन लाहोरको राजमार्गमा एकजना पाकिस्तानी–फ्रेन्च महिलामाथि सामूहिक बलात्कारको प्रतिक्रियामा लागू गरिएको थियो । ती महिलाको उनकै बालबच्चाका अघि बलात्कार भएको थियो । कडा कानुनका बावजुद बलात्कारका घटना कम भएको छैन । –अल जजिराबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com