अमेरिकाले मान्यो युक्रेनको माग, लामो दुरीसम्म मार हान्न सक्ने अत्याधुनिक रकेट दिन तयार


प्रकाशित मिति : जेष्ठ १८, २०७९ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अत्याधुनिक रकेट आर्टिलरी प्रणाली दिइने बताएका छन् । युक्रेनले लामो समयदेखि यो माग गर्दै आएको थियो ।

न्युयोर्क टाइम्सको लेखमा जो बाइडेनले यसले युक्रेनलाई रुसको सटिक स्थानमा हमला गर्न मद्दत हुने बताएका छन् । यो लामो दूरीमा आक्रमण गर्न सक्षम हुन्छ । यससँगै यसले रुसको हतियारभन्दा पनि सटिक तरिकाले हमला गर्नसक्छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि आक्रमण गर्न प्रयोग नगर्ने आश्वासन दिएकाले रकेट पठाउन सहमत भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।यी रकेट ७० करोड डलरको नयाँ सैन्य सहायत प्याकेजको हिस्सा हुनेछ जसको घोषणा बुधबार हुँदै छ ।

आफ्नो लेखमा, बाइडेनले जोड दिएका छन् कि अमेरिकाले युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्ने लक्ष्य राखेको छ, तर आफू रुससँग कुनै पनि प्रकारको युद्ध नचाहने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com