भारतमा अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित नरहेको दावी


प्रकाशित मिति : जेष्ठ १७, २०७९ मंगलबार

 

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ । भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि नभएको दावी गरेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार मङ्कीपक्स भारतमा भित्रिन नदिनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले मङ्कीपक्सको सङ्क्रमण व्यवस्थापन निर्देशिका तयार पारिसकेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “भारतमा अहिलेसम्म मङ्कीपक्सबाट सङ्क्रमित कोही भेटिएका छैनन् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com